logo

बीरगंजका उधोगी क्याल मधेश सरकारको आर्थिक तथा औधोगिक सल्लाहकारमा नियुक्त

 इसीमाना सम्वाददाता     २०७८ माघ २१ गते ०६: ५४ मा प्रकाशित     955   पटक पढिएको

बीरगंजका वरिष्ठ उद्योगपति सत्यनारायण क्याललाई मधेस सरकारले आर्थिक तथा औद्योगिक सल्लाहकारमा नियुक्त गरेको छ ।

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले शुक्रवार क्याललाई आर्थिक तथा औद्योगिक सल्लाहकारमा नियुक्त गर्नु भएको हो ।


औद्योगिक तथा व्यापारिक समूह क्याल ग्रुपका अध्यक्ष रहनु भएका क्याल ३ दशकभन्दा लामो समयदेखि औद्योगिक र व्यापारिक गतिबिधिमा सक्रिय रहँदै आउनुभएको छ । मधेस प्रदेश मन्त्रिपरिषद्को यही माघ २० गतेको बैठकले क्याललाई सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

 

निजीक्षेत्रका अनुभवी व्यक्तित्वलाई सल्लाहकारमा समेटेर प्रदेशको औद्योगिक र आर्थिक विकासका लागि उद्योगपति क्याललाई सल्लाहकार बनाइएको प्रदेश सरकारले बताएको छ ।

मधेस प्रदेशको औद्योगिक विकासका लागि आवश्यक नीति निर्माणमा सल्लाह र सुझाव लिन क्याललाई सल्लाहकार नियुक्त गरेको मुख्यमन्त्री राउतको पत्रमा उल्लेख छ । प्रदेशको समग्र विकासका लागि योजना तर्जुमालगायत आर्थिक विषयमा सल्लाह सुझाव लिइने पत्रमा उल्लेख गरिएको छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.