logo

पर्सा राष्ट्रिय निकुञ्जको पर्यटन प्रर्वद्धनकालागि वीरगन्ज महानगरद्वारा पाँचलाख सहयोग

 इसीमाना सम्बाददाता     २०७८ फागुन १० गते ०७: ०२ मा प्रकाशित     696   पटक पढिएको

वीरगन्ज महानगरपालिकाले पर्सा राष्ट्रिय निकुञ्जमा पर्यटन प्रर्वद्धनकालागि लागि आयोजना गरिने पर्सा राष्ट्रिय निकुञ्ज साईक्लिङमा सहयोग गरेको छ । जैविक विविधता तथा प्राकृतिक दृष्टिकोणले महत्वपूर्ण राष्ट्रिय निकुञ्जमा पर्यटकहरुको आकर्षण बढाउनका लागि नेपाली सेनाको सिद्धीबक्स गण, पर्सा राष्ट्रिय निकुञ्ज, पर्यटन व्यवसायी संघ बारा, टुर एण्ड ट्रार्भल एशोसिएसन (नाटा) लगायतको संयुक्त आयोजनामा हुन लागेको साईक्लिङमा वीरगन्ज महानगरपालिकाले पनि सहभागिता जनाएको हो ।

 

सोमबार आयोजक समितिका टोलीसँग महानगर प्रमुखकै कार्यकक्षमा भएको भेटघाटमा पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको वीरगन्ज महानगरपालिकाले पर्सा राष्ट्रिय निकुञ्जमा हुने पर्यटन प्रवद्र्धन कार्यक्रममा पनि सहयोग गर्ने प्रतिवद्धता नगर प्रमुख सरावगीले जनाउनुभयो ।

 

नेपाली सेनाको अगुवाई, मधेस प्रदेश सरकारको नेतृत्व, स्थानीय सरकार निकायहरु र गैर सरकारी संघ संस्थाहरुको सहयोग तथा सहकार्यमा संचालन गरिएको बीरगञ्ज म्याराथुन– २०७६ जस्तै यसपटक पर्सा राष्ट्रिय निकुञ्जमा साईक्लिङ प्रतियोगिताको आयोजना हुने भएको छ ।

 

सोही कार्यक्रमका लागि महानगरपालिकाले आर्थिक सहयोग गरेको महानगर प्रमुख सरावगीले बताउनुभयो । साथै आधाभार–हात्तिसार जंगल फायरलेन क्रस कन्ट्री ५५ कि.मी. साईक्लिङ्ग कार्यक्रम–२०७७ मधेस प्रदेशको पर्यटन प्रवद्र्धनमा उल्लेख्य भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

 

पर्सा राष्ट्रिय निकुञ्जमा पर्यटकहरुलाई आकर्षण गर्न सकेमा त्यस आसपासमा रहेका अन्य पर्यटकीय गन्तव्यहरुको पनि विकासमा सहयोग पुग्ने तथा वीरगन्ज मुख्य नाका भएकोले यहि नाका भएर भारतीय पर्यटकहरु आउने भएकोले वीरगन्जले त्यसको उपयोग गर्ने अवसर पाउने पनि महानगर प्रमुख सरावगीले बताउनुभयो ।

 

महानगरपालिकाले नगर क्षेत्रको मात्रै होईन महानगर आसपासका क्षेत्रहरुमा पनि पहुँच बढाउन सकेमा महानगरपालिकाले पनि फाईदा लिन सक्ने नगर प्रमुख सरावगीको भनाई छ ।

 

वीरगन्ज महानगरपालिका पर्यटकीय गन्तव्यहरुको विकासका लागि अघि बढेको बताउदै नगर क्षेत्रमा रहेका साना साना पर्यटकीय स्थलहरुको पूर्वाधार संरचना निर्माण गर्दै ठूला पर्यटकीय गन्तव्य स्थलहरुसँग सञ्जाल बनाएर वीरगन्जको विकासमा सहभागिता गराउने महानगरको उद्देश्य रहेको बताउनुभयो ।

 

महानगर प्रमुख सरावगीसँग छलफलमा बसेको टोलीमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निश्चलराज पाण्डे, पर्सा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत सन्तोष भगत, नेपाली सेनाको सिद्धीबक्स गण आधाभारका मेजर कमानसिंह गुरुङ, होटल तथा पर्यटन व्यवसायी महासंघ मधेस प्रदेशका महासचिव मोहन शर्मा, नेपाल ट्राभल एण्ड टुर्स एशोसिएसन मधेस प्रदेशका अध्यक्ष मोहन शर्मा लगायतको सहभागिता रहेको महानगर प्रमुख सरावगीका प्रेस सल्लाहाकार गोविन्द देवकोटाले जानकारी दिनुभयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

रबी लामिछाने रिहाईको माँग गर्दै वीरगंजमा हस्ताक्षर अभियान, संयौंको सहभागिता

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले वीरगंजमा हस्ताक्षर संकलन अभियान सांलन गरेको छ ।

त्रिभूवन राजपथ सडकखण्डको भंसार क्षेत्रको अतिक्रमण हटाइयो, गण्डक सम्मै अभियान चलाइने महानगर प्रमुख सिंहको दावी

वीरगंज  । वीरगंजको मुख्य सडक त्रिभुवन राज पथ विस्तार गर्ने बहुप्रतीक्षित अभियान आजबाट सुरु भएको   छ । लामो समयदेखि रोकिएको सडक विस्तार गर्ने काम आजबाट सुरु भएको हो ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.