logo

राष्ट्रबैंकका गर्भनरसंग बीरगंजका उधोगीको भेट ,माँग सम्बोधन गर्ने प्रतिवद्धता ब्यक्त

 इसीमाना सम्वाददाता     २०७८ फागुन १० गते ०७: १२ मा प्रकाशित     770   पटक पढिएको

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा. सुबोधकुमार गुप्ताको नेतृत्वमा एक शिष्टमण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग उहाँकै कार्यकक्षमा नेराबैंकका डिपुटी गभर्नर तथा वरिष्ठ पदाधिकारीहरुको उपस्थितिमा आयोजित छलफल कार्यक्रममा विद्यमान बैंकिङ्ग समस्या र नीतिगत जटिलताका सम्बन्धमा विस्तृत रुपमा छलफल गरेको छ ।


वीउवासङ्घका अध्यक्ष डा. गुप्ताले नेपाल राष्ट्र बैंकबाट मौद्रिक नीतिको अद्र्ध वार्षिक समिक्षा मार्फत् उत्पादनमूलक उद्योगलाई न्यून ब्याज दरमा ऋण उपलब्ध गराउने र सम्पत्ति अभिलेखीकरण गर्ने घोषणा स्वागतयोग्य रहेको बताउनुभयो ।


उहाँले नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत् इन्टरबैंकिङ्गको ब्याज दरलाई ५ प्रतिशतबाट बढाएर ७ प्रतिशत निर्धारण गरिएको छ । त्यस्तै पुनरकर्जा ५ प्रतिशतबाट बढाएर ७ प्रतिशत निर्धारण गरिएको छ । इन्टरबैंकिङ्ग ब्याज दर र पुनरकर्जालाई बढाइएकोमा उद्योगी÷व्यवसायीहरुलाई सा¥है मर्का पर्ने देखिएकोले सोलाई ५ प्रतिशतमा मात्रै सिमित राख्नु पर्ने सुझाव दिनुभयो । यसो गर्न सकिएको खण्डमा उद्योग, व्यापार, आयात, निर्यात व्यवसाय थप गतिशील हुने तर्फ गभर्नरको ध्यानाकर्षण गराउनु भएको थियो ।


अध्यक्ष डा. गुप्ताले कोभिडबाट प्रभावित उद्योगलाई राष्ट्र बैंकले वाणिज्य बैंक मार्फत् उपलब्ध गराउने सुविधालाई अद्र्धवार्षिक मौद्रिक नीति समिक्षा मार्फत् वाणिज्य बैंकको स्वविवेकमा छाडिदिएकोले वाणिज्य बैंकले त्यस्तो सुविधा आपूmखुशी दिने/नदिने गरिरहेका छन् । कोभिडका कारण हाल पनि धेरै उद्योगहरु प्रभावित नै रहेकाले त्यस्ता उद्योगहरुलाई राहत प्रदान गर्न केही राहतका प्याकेजहरु कायम नै राख्नुपर्ने बताउनुभयो ।


उहाँले भारतबाट आयात हुने क्रेडिट सुविधालाई हटाइएको छ । यसले मौद्रिक तरलताको अभाव सृजना गर्नेछ । त्यस्तै पुनरकर्जामा १८ अर्ब लगानी गरिएको छ जस मध्ये १८ अर्ब उपभोग भई रहेको अवस्था छ । यदि सो १८ अर्ब रुपैयाँ तानियो भने मौद्रिक तरलताको अभाव सृजना हुने प्रबल सम्भावना देखिएको बताउनुभयो । साथै पुनरकर्जा प्रवाहलाई निरन्तरता दिइनुपर्ने तर्फ गम्भीर ध्यानाकर्षण गराउनु भएको थियो ।


डा. गुप्ताले मौद्रिक नीतिले व्यवसायको टर्न ओभरको २० प्रतिशत मात्र ऋण उपलबध गराउने व्यवस्था गरेको जुन उपयुक्त नदेखिएकोले सो प्रावधानलाई हटाउनुपर्ने सुझाव दिनु भयो ।


नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निजीक्षेत्रको माग र गुनासोलाई सक्दो चाँडो सम्बोधन गर्ने र मौद्रिक नीतिको नीतिगत एवम् व्यवहारिक त्रुटीहरुलाई समय सापेक्ष परिमार्जन एवम् संशोधन गर्दै जाने बताउनुभयो । उहाँले राष्ट्र बैंकका विभिन्न विभागका प्रमुखहरुसँग छलफल भएको र बैंकिङ्ग सम्बन्धी नीतिगत समस्यालाई सहज तुल्याउने बताउनुभयो । साथै निकट भविष्यमा नै नेराबैंकका विभिन्न विभागका प्रमुखहरु सहित निजीक्षेत्रसँग वीरगञ्जमा वृहत छलफल गर्ने बताउनुभयो ।


भेटघाटका क्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाल, उपाध्यक्ष हरि गौतम, महासचिव मनोजकुमार दास, सह–कोषाध्यक्ष प्रेमचन्द्र गोयल लगायतको उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

स्व.उमा सिंहको स्मृतिमा जनकपुरमा महासंघको आयोजनामा बिभिन्न कार्यक्रम सम्पन्न

जनकपुरधाम । नेपाल पत्रकार महासङ्घ धनुषा शाखाले शहिद पत्रकार उमा सिंहको १७औँ स्मृति दिवसको अवसर पारेर आइतबार पत्रकारहरूको स्वास्थ्य अवस्था र पेशागत सुरक्षासम्बन्धी यथार्थ प्रश्नहरूलाई उजागर गर्ने उद्देश्यसहित दुईवटा महत्वपूर्ण कार्यक्रम सम्पन्न गरेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.