logo

बीरगंजका ब्यवसायीको समस्या प्रथामिकतामा राखेर हल गर्ने महानिर्देशकको प्रतिवद्धता

 इसीमाना सम्वाददाता     २०७८ फागुन १७ गते ०७: १८ मा प्रकाशित     901   पटक पढिएको

भंसार बिभागका महानिर्देशक कमलप्रसाद भट्टराई भट्टराईले वीरगञ्ज उद्योग वाणिज्य सङ्घले प्रस्तुत गरेका संस्थागत सुझावहरुलाई बिभागले महत्वका साथ ग्रहण गर्ने बताउनु भयो ।

 

बीरगंज उधोग वाणिज्य संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रम महानिदेृशक भट्टराईले यस्तो बताउनु भएको हो । उहाँले व्यवहारिक समस्यालाई तत्काल निरुपण गर्ने र नीतिगत समस्याको समाधानका लागि आवश्यक गृहकार्य गरि निजी क्षेत्रलाई सहज वातावरण निर्माण गर्ने प्रतिवद्धता ब्यक्त गनुृ भयो ।

 

उहाँले नेपाल सरकारले संकलन गर्ने राजश्वको झण्डै आधा हिस्सा वीरगञ्ज र ड्राईपोर्ट भन्सारबाटै संकलन हुने गरेकोले यस क्षेत्रको माँग, गुनासो र सुझावलाई प्राथमिकतामा राखेर सम्बोधन गर्न भन्सार विभाग प्रतिबद्ध रहेको बताउनु भएको थियो ।


आफु विभागको महानिर्देशक भएर आएको भर्खरै २ हप्ता मात्र भएकोले समस्याहरुका प्रकृती हरेर प्राथमिकताका आधारमा समाधन गर्ने तर्फ भन्सार प्रशासन क्रियाशिल रहेन धारणा व्यक्त गर्नु भएको थियो ।

 

यस अघि संघका अध्यक्ष डा. सुबोधकुमार गुप्ताले स्वागत मन्तव्यका क्रममा वीरगञ्ज उद्योग वाणिज्य सङ्घको ऐतिहासिक पृष्ठभूमि र यस क्षेत्रको औद्योगिक, व्यापारिक महत्व तथा उपादेयका बारे प्रकाश पार्नु भएको थियो ।


डा.गुप्ताले नेपालबाट रातो बासमती निर्यातका लागि हामीले पहल गर्नुपर्ने बताउँदै उद्योगको लागि आयात गर्ने मेशीनमा १ प्रतिशत भन्सार लाग्ने गरेता पनि मेशीनको पाट्र्सहरु मंगाउँदा बढी भन्सार तिर्नु पर्ने व्यवस्थालाई परिमार्जन गरि १ पतिशतमै झार्नु पर्ने तर्फ महानिर्देशकको ध्यानाकर्षण गराउनु भएको थियो ।

 

अध्यक्ष डा. गुप्ताले क्ष्ऋए बाट हाल मालवाहक सवारी साधनमात्र आइृ रहेकोले पब्लिक सवारी साधन चार पाङ्गग्रेलाई पनि आवत जावत गर्ने गरि सहजता प्रदान गर्न मांग गर्दै आम सर्वसाधारणको लागि पनि आवत जावत खुला गरिनु पर्ने तर्फ जोड दिनु भएको थियो ।


विगत वर्षहरुमा सरकारले दालको निर्यातमा ४ प्रतिशत अनुदान दिने गरेको थियो तर अहिले आएर अनुदान दिन बन्द गरेकोले दलहन निर्यातमा सरकारले दिंदै आइको अनुदानलाई पुनः लागु गरिनु पर्ने तर्फ महानिर्देशकलाई बताउनु भएको थियो ।

 

कार्यक्रममा सङ्घका उपाध्यक्ष माधव राजपालले कार्यपत्र प्रस्तुत गर्दै ४७ वटा संकेत नम्बरमा आउने मालवस्तुको हकमा शतप्रतिशत मार्जिन राख्ने प्रावधानले परेको कठिनाई, भन्सार मूल्याँकनमा देखिएको जटिलता आइसीपी र आइसीडी (ड्राईपोर्ट)को सबै सौन्दर्यकरण तथा व्यवहारिक कठीनाईका साथै विविध पक्षलाई प्रकाश पार्दै समाधानका लागि ध्यानाकर्षण गराउनु भएको थियो ।


यसैगरी सहभागीहरुले भन्सार प्रशासन, भिसीटिएस , मल्याँकन, भन्सारमा रहेको प्रयोगशालालाई अत्याधुनीक उपकरणका साथ सु–सज्जित गर्ने, भन्सारमा रहेका धरौटीको समयमै फिर्ता हुन पर्ने, विद्युतिय भूक्तानीमा देखिएका प्राविधिक समस्यहरुका बारे सङ्घका पूर्व अध्यक्ष द्वय अशोककुमार टेमानी, प्रदीप केडिया, उपाध्यक्ष हरी गौतम, सचिव आशीष लाठ, सदस्य शिवजी प्रसाद साह, निरज अग्रवाल, सुमन क्याल, प्रकाश खण्डेलवाल, अर्जुन गौतम गुड्डी जोशी, दीपक कार्कि लगायतले उक्त कुराहरु राख्नु भएको थियो ।


यसै गरी सहभागिका जिज्ञासाहरुलाई वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेल, भन्सार विभागकका निर्देशक रामप्रसाद रेग्मी, ड्राईपोर्ट भन्सारका प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारीले स्पष्ट पार्नु भएको थियो ।


कार्यक्रमको संचालन सङ्घका महासचिव मनोजकुमार दासले गर्नु भएको थियो भने धन्यवाद सङ्घका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवालले गरेको अन्तरक्रिया कार्यक्रममा पर्साका प्रजिअ उमेश ढकाल, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी पर्साका प्रमुखद्वय रमेश बस्नेत, टीका पोखरेल, आन्तरिक राजश्व कार्यालय, पर्साका प्रमुख कर अधिकृत कपिलप्रसाद सुबेदी तथा उद्योगी व्यवसायीहरुको वृहत उपस्थिती रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

कसको सहमतीमा मासुको मूल्य १२ सय भयो ? व्यवसायीहरूले लुटतन्त्र मच्चाएको भन्दै मंचले जनायो आपत्ती

वीरगञ्ज । उपभोक्ता हित संरक्षण मञ्च नेपाल, पर्साले एक बिज्ञप्ति जारी गर्दै अस्वभाविक रुपमा बढेको मूल्यबृद्धिका कारण आम उपभोक्ताको जनजीवनमा गम्भिर असर परेको जनाएको छ ।

शौचालयमा लडेर बारा पचारौताको अमरपट्टीका यादवको मृत्यु

राजविराज । शौचालयमा लडेर एक सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.