logo

बागमती प्रदेशका आपूर्ति निर्देशकलाई २५ करोड भ्रष्टाचारको आरोपसहित अख्तियारमा उजुरी

 इसीमाना सम्वाददाता     २०७९ फागुन १५ गते ०६: ४२ मा प्रकाशित     644   पटक पढिएको

हेटौँडा/बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा. अर्जुन सापकोटाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धानमा भ्रष्टाचारको उजुरी परेको छ । सापकोटाले २५ करोड रुपैयाँ भन्दा बढी रकम भ्रष्टाचार गरेको आरोप आरोपपत्रमा उल्लेख गरिएको छ ।


काठमाडौँ, टंगालस्थित अख्तियारको केन्द्रीय कार्यालय पुगेर सापकोटाबाट पीडित स्वास्थ्य व्यवसायीहरुले उजुरी दर्ता गराएका हुन् ।


सापकोटाले विकास सर्जिकलबाट लिक्विड वास्टमा ४ करोड रुपैयाँ दुरुपयोग गरेको आरोप लागेको छ । यस्तै, हेमोडायलासिस मेसिन खरिदमा ३ करोड, सञ्जीवनी सप्लायर्ससँग युएसजी खरिदमा २ करोड, वेब टे«डिङ सप्लायर्सबाट वास्ट मेसिन खरिदमा २ करोड रुपैयाँ दुरुपयोग गरेको स्वास्थ्य व्यवसायीको आरोप छ ।


सापकोटाले औषधि व्यवसायी मकुन्द गौतमको विभिन्न कम्पनीबाट औषधिजन्य खरिदमा मिलोमतो गरेर ५ करोड दुरुपयोग गर्नुका साथै आयुर्वेद औषधीमा ४० लाख र छपाई, स्टेशनरी सामान खरिदमै ८० लाख रुपैयाा दुरुपयोग गरेको व्यवसायीले अख्तियारमा गरेको उजुरीमा उल्लेख छ ।

 

सापकोटाले सिटी स्क्यानमा २ करोड, निजी अस्पताल स्तरउन्नतिकाा नाममा ३ करोड रकम दुरुपयोग गरेको बताइएको छ ।


यस्तै, एम्बुलेन्स तथ पिकअप गाडी खरिदमा पनि १ करोड दुरुपयोग गर्दै २५ करोड रुपयाँ हिनामिना गरेको अख्तियारमा परेको उजुरीमा उल्लेख छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

रौतहटका १८ स्थानीय तहमध्ये ३ वटा पालिकाले ल्याउन सकेनन  बजेट

चन्द्रपुर।  रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये ३ वटाले निर्धारित समयमा  नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न सकेनन ।

जीतपुर सीमरा बाणिज्य संघको चुनावः ब्यवसायीहरुको सारथी बन्न बजगाईको स्वतन्त्र उम्मेदवारी

वीरगंज । जीतपुर सीमरा उधोग वाणिज्यसंघ निर्वाचन भोली असार ७ गते हुदैछ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.