logo

सरकारले दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँ बढायो

 इसीमाना सम्वाददाता     २०७९ फागुन १९ गते ०६: ४६ मा प्रकाशित     455   पटक पढिएको

काठमाडौं । सरकारले दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँ बढाएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको न्यूनतम मूल्य ५६.४ रुपैयाँबाट वृद्धि गरेर ६५.५ रुपैयाँ बनाउने निर्णय गरेको हो ।

किसानले दूधको उचित मूल्य पाउन नसकेको गुनासो गरिरहेको बेला किसानको हितलाई ध्यानमा राखी दूधको न्यूनतम मूल्य निर्धारण गरिएको जनाइएको छ ।

 

राष्ट्रिय दुग्ध विकास बोर्डले तयार पारेको अध्ययन प्रतिवेदनअनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा सरकारले दूधको मूल्य बढाएको हो ।

बोर्डका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद यादवका अनुसार विभिन्न कारण दूध उत्पादन लागत मूल्य बढेकाले किसानको हितलाई ध्यानमा राखेर मूल्य बढाउन प्रस्ताव गरिएको थियो ।

२०७४ सालदेखि हरेक २–२ वर्षमा दूधको मूल्य बढाउने प्रणाली बनाइएको भए पनि यसपटक किसानको लागत धेरै बढेको पाइएकाले १ वर्षमै बढाउन प्रस्ताव गरिएको उनले बताए ।

 

गत वर्ष माघ २८ गते सातौं पटक दूधको मूल्य बढ्दा किसानले पाउने मूल्य ५६ रुपैयाँ ४ पैसा पुगेको थियो भने उपभोक्ताले तिर्ने मूल्य ८६ रुपैयाँ पुगेको थियो । १० वर्षमा किसानले पाउने मूल्य ६१ प्रतिशतले बढ्दा उद्योगीले पाउने मूल्य भने ७९ प्रतिशतले बढेको थियो ।

यसपटक किसानका लागि कम्तीमा ७ रुपैयाँ र बढीमा १० रुपैयाँ बढाउन प्रस्ताव गरिएकोमा सरकारले ९ रुपैयाँ १ पैसा बढाएको छ । ‘हामीले कम्तीमा किसानले प्रतिलिटर ६३ रुपैयाँ ४ पैसा पाउने गरी मूल्य बढाउन प्रस्ताव गरेका थियौं,’ बोर्डका कार्यकारी निर्देशक यादवले भने ।

बोर्डले हालै गरेको अध्ययनले किसानको दूध उत्पादन लागत प्रतिलिटर ६५ रुपैयाँ ५० पैसा पाइएको थियो । ‘हामीले आफैं फिल्डमा गएर पनि अध्ययन गर्‍यौँ, स्वतन्त्र रुपमा पनि अध्ययन गरायौं,’ उनले भने, ‘त्यसै आधारमा मूल्य बढाउन प्रस्ताव गरेका थियौं ।’

विश्वव्यापी महामारी कोभिड(१९ का कारण दूध उत्पादन लागत ११.५३ प्रतिशतले बढेको उनले बताए ।

अहिले देशभर वार्षिक करिब २५ लाख टन दूध उत्पादन भइरहेको छ । गत वर्ष २४ लाख ८० हजार टन दूध उत्पादन भएको बोर्डको तथ्यांकमा उल्लेख छ ।

उत्पादितमध्ये १७ प्रतिशत औपचारिक र ३३ प्रतिशत अनौपचारिक क्षेत्रबाट कारोबार हुने गरेको बोर्डले जनाएको छ । बाँकी ५० प्रतिशत घरेलु प्रयोजन र घर(घरबाटै छिमेकीकहाँ खपत देखिएको छ ।

‘हामी दूधमा करिब आत्मनिर्भर छौं,’ उनले भने, ‘यस्तो अवस्थामा सरकारले दुग्ध उत्पादन किसानको पक्षमा निर्णय गर्नैपर्छ ।’

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

साक्षी रामको सुरक्षामा ध्यान पुर्‍याउन सरकारसंग इन्सेकको माग

वीरगंज ।  अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले २०८२ असार २५ गते एक विज्ञप्ति प्रकाशन गरी रौतहट बमकाण्डका जीवित साक्षी ४३ वर्षीय गौरीशंकर रामको भौतिक सुरक्षाप्रति चासो र चिन्ता व्यक्त गरेको छ ।

जकपुरका मेयर साहका काकाको हत्या आरोपी महासेठ पक्राउ

जनकपुरधाम । प्रहरीले जनकपुरमा आफ्नै ससुराको हत्या गरेर फरार भएका ज्वाइँलाई पक्राउ गरेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.