logo

टायल उत्पादनको क्षेत्रमा एकै वर्ष ३ उद्योग दर्ता, ६ अर्ब लगानी

 इसीमाना सम्वाददाता     २०८० बैशाख १७ गते ०७: ०८ मा प्रकाशित     574   पटक पढिएको

नेपालको प्रख्यात व्यावसायिक घराना मुरारका ग्रुपले भारतको प्रसिद्ध सोमानी सेरामिक्ससँगको संयुक्त लगानीमा टायल उत्पादन गर्ने उधोग खोल्ने भएको छ ।

 

मुरारका ग्रुप र सोमानीबीचको यो संयुक्त उद्यमले नेपालमा करिब ३ मिलियन वर्गमिटर वार्षिक क्षमताको टाइल उत्पादन उधोग सञ्चालन गर्ने भएको हो ।

मुरारका ग्रुपले फागुनमा भारतीय कम्पनी सोमानीसँग सम्झौता गरेको हो । नेपाली बजारमा देखिएको टाइलको आवश्यकतालाई पुरा गर्न योगदान दिने बिश्वास मुरारका ग्रुपका प्रवन्ध निर्देशक पशुपती मुरारकाले ब्यक्त गरे ।

मुरारका ग्रुपले नवलपरासीमा १ अर्ब ८१ करोड १७ लाख ४८ हजार कुल पुँजीसहित सेराप्रो नेपाल प्रालि उद्योग दर्ता गरेको छ । कम्पनीले वार्षिक १ करोड ९५ लाख पिस फ्लोर टायल र ९५ लाख पिस भित्तामा लगाउने टायल उत्पादन गर्नेछ । कम्पनीका अनुसार उक्त उद्योगमा २३७ जनाले रोजगारी पाउनेछन् ।

यसैगरि टायल क्षेत्रमा सबैभन्दा बढी अरिहन्त इन्फ्रास्ट्रक्चरले लगानी गर्ने भएको छ । विभागमा दर्ता गरेको विवरणअनुसार कम्पनीले सुनसरीमा ३ अर्ब २८ करोड ७९ लाख ७६ हजार पुँजीको उद्योग दर्ता गरेको हो ।

अरिहन्त ग्रुपद्वारा सञ्चालित अरिहन्त इन्फ्रास्ट्रक्चरले टायल उत्पादन गर्ने गरी लगानी थप गरेको हो । कम्पनीले कोइला, कप्पर, ब्याट्री, कन्डक्टर, जिपसम, रेजिनजस्ता वस्तु आयात गरी नेपाली बजारमा बिक्री गर्दै आएको छ । विराटनगरमा कार्यालय रहेको कम्पनीले इटहरी र वीरगन्जका दुई शाखाबाट कारोबार गर्दै आएको छ ।

विभागमा दर्ता भएअनुसार पशुपति सिरामिक्स प्रालिले वार्षिक ८० लाख पिस वाल र फ्लोर टायल उत्पादन गर्ने गरी उद्योग दर्ता गरेको छ ।

कम्पनीले कुल पुँजी ९५ करोड लगानीमा बाराको जितपुरसिमरा उपमहानगरपालिकामा उद्योग स्थापना गर्ने भएको छ । कम्पनीमा ५० प्रतिशत स्वदेशी र ५० प्रतिशत विदेशी लगानी छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

चिया चौतारो छाडेर,श्रमदानमाबाटै हुलाकी सडक सफा गर्दै सुवर्णपुरका स्थानीय

ठोरी । ठोरी गाउँपालिका–५ सुवर्णपुरस्थित ओरिया खोला पुल नजिकको बागमोर्चा क्षेत्रका स्थानीयवासीले शनिबार बिदाको समय सदुपयोग गर्दै हुलाकी सडक सरसफाइ गरेका छन।

विपद् राहत कोषमा मदिना जामे मस्जिदद्वारा १ लाख १ हजार रुपैयाँ सहयोग

वीरगञ्ज ।वीरगञ्ज महानगरपालिका–६ स्थित मदिना जामे मस्जिदले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.