logo

बिल भन्दा बढि सामान लोड रहेको पिकअप पथलैया बुझाइयो

 इसीमाना सम्वाददाता     २०८० जेठ १० गते ०८: ४० मा प्रकाशित     163   पटक पढिएको

वीरगंज । प्रहरीले बिल भन्दा बढि सामान लोड रहेको पिकअप बिआर ०५ जिसि ३०१७ नम्बरको भारतिय पिकअप नियन्त्रणमा लिएको छ ।

 

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले हिजो साझँ विभिन्न खुद्रा तथा लत्ताकपडाहरु लोड रहेको मालवाहक पिकअप ड्राईपोर्टबाट वीरगञ्जतर्फ आउदैँ गरेको सूचनाको आधारमा चेकजाँच गरेको थियो ।

 

सोही क्रममा बिल बिजक शंकास्पद देखिएकाले वीरगञ्ज–२५ चण्डालचोकस्थित सडकखण्डबाट उक्त पिकअप नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।


नियन्त्रणमा लिईएको पिकअप र बरामद सामानको मूल्याङकन १७ लाख ३९ हजार ४ सय ४८ रुपैँया कायम गरि थप अनुसन्धान तथा कारवाहीका लागि आज राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिए ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

बाइडेनले प्रधानमन्त्री मोदीसँग ‘मानव अधिकार’ र ‘स्वतन्त्र मिडिया’का मुद्दा उठाएको बताए

नयाँ दिल्ली । अमेरिकी राष्ट्रपति जो बाइडेनले आइतवार (सेप्टेम्बर १०) मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग जी–२० शिखर सम्मेलनको को औपचारिक सत्र बाहेकमा भएको छलफलमा मानवअधिकारको सम्मानको मुद्दा उठाएको बताए।

समाज

निजगढ बिस्फोट, ज्यान जानेको संख्या तीन पुग्यो

निजगढ । बाराको निजगढ नगरपालिका वडा नं. ७ रोहित वर्कशपमा भएको बिष्फोटमा परि ज्यान जानेको संख्य तीन पुगेको छ ।

लेथमेशीनमा ग्यास बिस्फोट एकको ज्यान गयो, पाँच जना घाइते, बीरगंजमा उपचार हुदै

निजगढ ।निजगढ नगरपालिका वडा नं.७ स्थित एक वर्कशपमा सोमबार अपराहन्न ग्यास सिलिण्डर विष्फोट हुँदा एकजनाको मृत्यु भएको छ । अन्य पाँचजना घाईते भएका भएका छन् ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.