logo

स्थानीय सरकारहरु बजेट पेश गर्दै,शिक्षा, स्वास्थ्य, पर्यटन तथा भौतिक पूर्वाधार प्रथामिकताका क्षेत्र

 इसीमाना सम्वाददाता     २०८० असार १० गते ०९: ०९ मा प्रकाशित     254   पटक पढिएको

वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि ४१ करोड ८८ लाख रुपैयाँको बजेट पेश गरेको छ ।

आइतबार आयोजित गाउँपालिकाको ९ औँ गाउँसभामा गाउँपालिका अध्यक्ष श्रीकान्तप्रसाद यादवले अगामी आर्थिक वर्षकालागि ४१ करोड ८८ लाख रुपैयाँको बजेट पेश गरेका हुन।

अध्यक्ष यादवका अनुसार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा शिक्षा, स्वास्थ्य, धार्मिक स्थल तथा भौतिक पूर्वाधारको क्षेत्रलाई प्राथमिकतामा राखिएको छ ।

बजेटमा शिक्षा तर्फ २ करोड ३५ लाख २० हजार, स्वास्थ्य तर्फ १ करोड १३ लाख, कृषि तर्फ ८५ लाख ५५ हजार, मठमन्दिर तथा मस्जिद जस्ता धार्मिक सम्पदाका लागि १ करोड ४३ लाख रुपैयाँ विनियोजन गरिएको यादवले जानकारी दिए ।

यसैगरि पर्साको पटेर्वासुगौली गाँउपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि ३८ करोड १५ लाख ६ हजार ३ सय रुपैयाँको बजेट पेश गरेको छ ।


आइतवार सम्पन्न ११ औँ गाउँसभा उपाध्यक्ष ममता महतो थारुले बजेट पेश गरेकी हुन । पालिकाले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र भौतिक पूर्वाधारको क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेको पालिकाका अध्यक्ष दिनेश चौधरीले बताए ।

शनिवार पर्सागढी नगरपालिकाले आगामी आर्थिक वर्ष का लागि ५५ करोड ७० लाख बराबरको बजेट पेश गरेको छ ।

शनिबार सम्पन्न नगरपालिकाको नवौं नगरसभामा उपमेयर पूजा चौधरीले ५५ करोड ७० लाख ३८ हजारको बजेट प्रस्तुत गरेकी हुन् ।

नगरसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर गोकर्ण पाठकले नीति तथा कार्यक्रममा पर्सागढी नगरपालिकाले कृषि, शिक्षा, पर्यटन तथा पूर्वाधार विकासलाई प्राथकिता दिएको बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

समाज

पर्सा प्रहरी गोली पड्काउदैअपराधी समाउदै

वीरगञ्ज । गोठाटारका लालमहम्मद दर्जीको हत्याका योजनाकार बब्लु पासवानलाई पर्सा प्रहरीले गोली हानेर समातेको छ ।

दुर्घटनामा परि पर्सा र मकवानपुरमा गरि दुईको ज्यान गयो

वीरगञ्ज । बीरगंजमा बिहिवार विहान मोटरसाइकल एक आपसमा ठोकिदा १ जनाको मृत्यु भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.