logo

बिल बिजक भन्दा बढी स्टेशनरीका सामानहरु लोड रहेको ट्रक राजस्वमा बुझाइयो

 इसीमाना सम्वाददाता     २०८० असार २० गते ०८: ४५ मा प्रकाशित     323   पटक पढिएको

बीरगंज । बिल बिजक भन्दा बढी स्टेशनरीका सामानहरु लोड रहेको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।


बिल विजक भन्दा बढी स्टेशनरीका सामनहरु बोकेको माल बाहक ट्रक ड्राईपोर्टबाट वीरगञ्जतर्फ ल्याउदै गरेको सूचना प्राप्त भएपछि वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले ट्रक नियन्त्रणमा लिएको हो ।


वीरगञ्ज महानगरपालिका वडा नं. २४ रामगढवा चोक स्थित सडकखण्डबाट ना.२ ख ७३११ नम्बरको मालवाहक ट्रक रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

ट्रकमा भएको बिलबिजक समेत शंकास्पद देखिएकोले ट्रक सहितको सामान आवश्यक कारवाहीको लागि बुधवार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी दीपक गिरीले जानकारी दिए । ट्रक समानको मूल्य ५९ लाख ८३ हजारको मूल्याकंन गरिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.