बीरगंज । बिल बिजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरू लोड रहेको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिल विजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरु बोकेको माल बाहक ट्रक वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको थियो । प्रहरीले बिशेष सूचना पाएपछि खटिएको प्रहरी टोलीले मंगलवार राती वीरगञ्ज महानगरपालिका वडा नं. २१ परवानीपुर चोक स्थित सडकखण्डमा ना.३ ख ५१६५ नम्बरको मालवाहक ट्रक रोकी चेकजाँच गरेको थियो ।
ट्रमा बिलमा लेखिए भन्दा बढी समान रहेको फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी दीपक गिरीले जानकारी दिए । ट्रक सहित मालसमानको मूल्य ५५ लाख ७० हजार मूल्याकंन गरिएको छ ।
थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि ट्रक तथा मालसमान राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको छ । त्यसैगरि प्रहरीले करिब १ लाख मूलय बराबरको कपडा समेत बरामद गरि आवश्यक कारवाहीकोलागि बीरगंज मन्सार कार्यालय बुझाएको छ ।
तपाईको प्रतिक्रिया