logo

सशस्त्र प्रहरी पर्साद्धारा चारवटा ट्रक नियन्त्रणमा, लाखौ राजस्व छलीको आशंका

 इसीमाना सम्वाददाता     २०८० सावन ८ गते ११: ०३ मा प्रकाशित     296   पटक पढिएको

वीरगंज,। सशस्त्र प्रहरी वल नेपाल पर्साले बिल बिजकमा उल्लेख भए भन्दा बढी सामान बोकेको ४ वटा ट्रक नियन्त्रणमा लिएको छ ।

 


विशेष सुचनाको आधारमा आइतवार बिहान करीब ण्ज्ञस्छण् बजेको समयमा वीरगंज महानगरपालिका ८ घण्टाघर स्थित सडक खण्डमा सशस्त्र प्रहरी बल नेपालको टोलीले बीरगंजबाट पथलैया तर्फ जादै गरेको ना २ ख ९४९१ , ना ४ ख ८३८४ ना ३ ख ८०३९ र ना३ ख १००९ नम्बरका ट्रकहरु नियन्त्रणमा लिएको हो ।

 

नियन्त्रणमा लिईएका ना २ ख ९४९१ नम्बरको ट्रकमा बिल बिजकका उल्लेख भएको रकम ९५०२५५१ , ना ४ ख ८३८४ नम्बरको ट्रकमा बिलबिजकमा उल्लेख भएको रकम ५७५६६९२ ना ३ ख १००९ नम्बरको ट्रकमा बिल बिजकमा उल्लेख भएको रकम ८४०९३३८ र ना ३ ख ८०३९ नम्बरको ट्रकमा बिल बिजकमा उल्लेख भएको रकम २४६६८७७ रहेको छ ।

 

नियन्त्रणमा लिएका ४ वटा ट्रकमा लोड भएको सामानहरुमा भ्याट सहितको जम्मा मूल्य १९८२०३१५ बिल बिजक भन्दा फरक भएको पाइएकोले ट्रक नियन्त्रणमा लिएर आवश्यक कारवाहीको प्रक्रिया अगाढि बढाइएको सशस्त्र प्रहरी बल नेपालको १३ नमबर गणले जनाएको छ ।


नियन्त्रणमा लिएका ४ वटै ट्रकहंरुलाई आवश्यक अनुसन्धान र कारर्वाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाईएको सशस्त्र प्रहरी बलका शस्त्र प्रहरी नायव उपरिक्षक रामजंग पाण्डेले जानकारी दिए।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.