logo

८० लाख बढीको सामान र ट्रक कारवाहीकालागि पथलैयामा बुझाइयो

 इसीमाना सम्वाददाता     २०८० सावन ११ गते ०९: ४३ मा प्रकाशित     572   पटक पढिएको

बीरगंज। बिल विजक भन्दा बढी हार्डवेयर तथा खुद्रा समानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

मधेश प्रदेशबाट खटिएको प्रहरीले टोलीले बीरगंजबाट कास्कीतर्फ ट्रक जाँदै गरेको छ भन्ने सूचना ग्उ राती साढे २ बजे बीरगंज महानगरपालिकाको गण्डक चोकबाट नियन्त्रणमा लिएको हो ।

 

वीरगञ्ज महानगरपालिका वडा नं–१४ गण्डक चोक स्थित सडकखण्डमा ना.३ ख ५५७६ नम्बरको मालवाहक ट्रक रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक शंकास्पद देखिएको हुँदा बयालीस लाख सामान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी दीपक गिरीले जानकारी दिए ।

 

ट्रक र त्यसमा लोड रहेको हार्डवेयर तथा खुद्रा समानहरू नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि बिहिवार राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ ।


त्यसैगरि, वीरगञ्जबाट धनुषातर्फ जाँदै गरेको माल बाहक ट्रकपनि प्रहरीले नियन्त्रणमा लिएको छ । बिल विजक भन्दा बढी हार्डवेयर तथा खुद्रा समानहरू बोकेको छ भन्ने सूचनाका आधारमा वीरगंज महानगरपालिकाको वडा नं –८ बाट प्हरीले ट्रक नियन्त्रणमा लिएको हो ।

 

वीरगञ्ज महानगरपालिका वडा नं–८ घण्टाघर स्थित सडकखण्डमा ना.३ ख ३१९९ नम्बरको मालवाहक ट्रक रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू शंकास्पद रुपमा फेला परेको प्रहरीले जनाएको छ ।

 

ट्रक र समान सहित एकचालीस लाख मूल्याकंन गरेको ट्रक र समान राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको पर्सा प्रहरीले जनायो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

तरकारीका थोक कारोवारीलाई वीरगंज महानगरको २१ दिने अल्टिमेटम, व्यवस्थित थोक बजारमा जान निर्देश

वीरगंज । वीरगंज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा जथाभावी तरकारी तथा फलफूलको थोक बजार सञ्चालन नगर्न निर्देशन दिँदै व्यवसायीलाई २१ दिनभित्र तोकिएको स्थानमा स्थानान्तरण हुन अल्टिमेटम दिएको छ।

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.