वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बिल विजक भन्दा बढीको हार्डवेयर सामान तथा खुद्रा समानहरू बोकेको माल बाहक ट्रक नियन्त्रणमा लिएको छ । समातिएको समान र ट्रक ५५ लाख मूल्य बराबर रहेको बताइएको छ ।
वीरगञ्जबाट हेटौडातर्फ जाँदै गरेको सूचनाको आधारमा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले बुधबार राती वीरगञ्ज महानगरपालिका वडा नं–८ घण्टाघर स्थित सडकखण्डबाट ना. ६ ख ७९७६ नम्बरको मालवाहक ट्रक रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी सामान लोड गरेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
गाडी धनीले लिएको विल बिजक पनि शकास्पद देखिएकोले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकीेले बताए । नियन्त्रणमा लिएको ट्रक र सामान थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरी जनाएको छ ।
तपाईको प्रतिक्रिया