वीरगञ्ज । ४१ लाख ५२ हजार ३ सय १९ रुपैयाँ बराबरको केमिकल्स तथा खुद्रा सामाग्रीहरू सहितको ट्रक पर्सा प्रहरीले आवश्यक कारवाहीकोलागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाएको छ।
केमिकल्स तथा खुद्रा लगायतका सामानहरू बोकेको ट्रक वीरगञ्जबाट काठमाण्डौँतर्फ जादैँ गरेको मालवाहक ट्रकलाई रोकी वीरगञ्ज महानगरपालिका–१४ गण्डकमा प्रहरीले चेकजाँच गरेको थियो ।
सोही क्रममा बिलविजक भन्दा बढि मालसामान फेला परेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए ।
प्रहरीले वीरगञ्ज महानगरपालिका–१४ गण्डक स्थित सडकखण्डबाट बा।प्रदेश ०१–००६ ख २७३१ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको हो ।
ट्रकमा ४१ लाख ५२ हजार ३ सय १९ रुपैयाँ बराबरको केमिकल्स तथा खुद्रा सामाग्रीहरू फेला परेको उनले बताए ।
तपाईको प्रतिक्रिया