बीरगंज । बिल बिजक भन्दा बढी हार्डवेयर पार्टस तथा खुद्रा मालबस्तुहरू लोड रहेको ट्रक प्रहरीले नियन्त्रणमा नियत्रणमा लिएको छ ।
वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डक स्थित सडकखण्डमा ना.८ ख ६१७१ नम्बरको मालवाहक ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
बिल विजक भन्दा बढी लत्ताकपडा तथा खुद्रा सामानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट बाँके तर्फ जाँदै गरेको छ भन्ने सूचनाको आधारमा प्रहरीले ट्रक जेकजाँच गरेको थियो ।
चेकजाँचको क्रममा बिलबिजक शंकास्पद देखे पछि ट्रक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता कुमार बिक्रम थापाले जानकारी दिए ।
ट्रक सहित मालसमानको मूल्य ४५ लाख ३० हजार मूल्याकंन गरिएको छ । ट्रक र समान थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको छ।
तपाईको प्रतिक्रिया