logo

राजस्व संकलनमा गम्भिर असर, पेट्रोलको तस्करीको नयाँ तथ्य सार्वजनीक

 इसीमाना सम्वाददाता     २०८० असोज ४ गते ०७: ११ मा प्रकाशित     842   पटक पढिएको

वीरगञ्ज ।पेट्रोलियम पदार्थको तस्करीको डरलाग्दो रहस्य सार्वजनीक भएको छ । पेट्रोल ढुवानी गर्ने टंयाकरबाटै पेट्रोल ढुवानीको मुख्य बिन्दुबाटै तस्करी हुने गरेको तथ्य सार्वजनीक भएको हो ।

 


एउटा बिशेष सूचना पाएपछि पेट्रोल बोकेर आएका पाँचवटा ट्यांकरमा चेकजाँच गर्ने गर्ने प्रवन्ध मिलाएको सुरक्षा स्रोतले जनायो । अघिका दुइवटा र पछिका दुईवटामा घोषणा गरे अनुसारको पेट्रोल थियो तर वीचकोमा घोषणा भन्दा धेरै पेट्रोल भएको फेला पर्यो ।

 

भदौ ३१ गते बरौनीबाट पेट्रोल बोकरे आएको ना ४ ख ३१५६ नम्बरको ट्यांकरमा घोषणा गरिएभन्दा बढी एक हजार ७ सय लिटर बढी तेल भएको भेटिएको हो ।

ट्यांकर चालकले २० केएल अर्थात् २० हजार लिटर पेट्रोल भएको भनी घोषणा गरेर तौल गर्न लगाएका थिए। तर बाराको अमलेखगञ्जस्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालयमा तौल गर्दा ट्यांकरमा एक हजार ७ सय लिटर बढी पेट्रोल लोड रहेको पाइएको सुरक्षा स्रोतले बतायो ।

 

भारतबाटै सिलबन्दी गरेर आउने ट्यांकरमा बढी इन्धन भएको भेटिएपछि ट्यांकर र चालकलाई नियन्त्रणमा लिइएको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी रामचन्द्र शर्मा ढकालले जानकारी दिए ।

भारतको बरौनीबाट पेट्रोल सिलबन्दी गरेरै आउने गरेको छ । यस्तोमा पेट्रोल कसरी बढी भयो भन्ने कुरा अनुसन्धान हुदै गरिएको भंसारका अधिकारीले बताएका छन ।

 

पेट्रोलको तस्करीमा टंयाकरका मालिकको पनि संलग्नता बारेमा अनुसन्धान भइरहेको सुरक्षास्रोतले जानकारी दिएको छ । पेट्रोलको तस्करी राजस्व संकलन असर पार्ने घटना भएको सुरक्षा स्रोतको टिप्पणी छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

वीरगंज कारागारका सबै कैदीबन्दको भाग्ने प्रयासमा सुरक्षा निकायको अवरोध कैदीबन्दी सुरक्षीत

वीरगञ्ज । वीरगको कारागार प्रशासनले एक बिज्ञप्ति जारी गरि कारागारका कैदी बन्दी सबै सुरक्षीत रहेको जनाएको छ । कैदी बन्दीहरुले भाग्ने प्रयास गरेको तर भाग्यो योजना सफल नभएको जनाएको छ ।

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.