logo

एडीबीले वित्तीय व्यवस्थापन सुधारकालागि १३ अर्व सहुलियत ऋण दिने

 इसीमाना सम्वाददाता     २०८० असोज ५ गते ०८: ०० मा प्रकाशित     417   पटक पढिएको

काठमाडौँ । एशियाली विकास बैंक (एडीबी)ले नेपाललाई १० करोड अमेरिकी डलर (१३ अर्ब २६ करोड) रुपैयाँ सहुलियतपूर्ण ऋण दिने भएको छ।

 

नेपालको वित्तीय व्यवस्थापनलाई सुदृढ तथा विकेन्द्रीकरण गर्न सहुलियतपूर्ण ऋण खर्च हुने एडीबीले जनाएको छ।

सन् २०२५ सम्म वित्तीय संरचनागत सुधारका लागि सहयोग महत्त्वपूर्ण मानिएको छ। एडीबीको यो कार्यक्रमले पुँजीगत खर्चको मात्रासँगै गुणस्तर वृद्धि, वित्तीय जोखिम न्यूनीकरण, सार्वजनिक निकायमा सुधारका साथै वित्तीय पारदर्शिता र दक्षता अभिवृद्धि गर्ने एडीबीका सार्वजनिक व्यवस्थापन अर्थशास्त्री चन्दन सापकोटाले बताए।

नेपालको खर्च र ऋण व्यवस्थापन क्षेत्रको सुधारका लागि एडीबीले सहयोग गर्दै आएको छ। कार्यक्रम अन्तर्गत वित्तीय जोखिम र रणनीति प्रतिवेदनको स्वीकृति र त्यसको सञ्चालन, ऋण व्यवस्थापनमा पारदर्शिता र वार्षिक ऋण योजनाको कार्यान्वयन, सार्वजनिक संस्थानहरूको सुशासन र व्यवस्थापनमा सुधार, मध्यमकालीन सार्वजनिक वित्तीय व्यवस्थापन सुधार रणनीतिको कार्यान्वयन पनि समावेश छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.