logo

वीलविजक भन्दा बढीको सामान सहितको ट्रक राजस्वमा

 इसीमाना सम्वाददाता     २०८० असोज १० गते ०३: ४९ मा प्रकाशित     590   पटक पढिएको

वीरगन्ज ।  जिल्ला प्रहरी कार्यालय पर्साले विल विजक भन्दा बढीको सामान सहित ट्रक बरामद गरेको छ । वीरगञ्जबाट मोरङतर्फ जाँदै गरेको ना.३ ख. ३९४९ नम्बरको पौने दश बजे राती वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डक स्थित सडकखण्डबाट बरामद गरेको हो ।

 

बिल विजक भन्दा बढी कस्मेटिक तथा खुद्रा सामानहरू बोकेको माल बाहक ट्रक गईरहेको छ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले ट्रक नियन्त्रणमा लिएको हो ।

 

मालवाहक ट्रकलाई रोकेर जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको अन्दाजी ५८ लाख १६ हजार ६२८ मूल्य बराबरको सामान भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्त प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।

 

सामान सहित ट्रक थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि बुधबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको उहाँले बताउनुभयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.