logo

विलविजक भन्दा बढी सामान लोड गरेका चार ट्रक प्रहरीको नियन्त्रणमा,थप अनुसन्धान हुदै

 इसीमाना सम्वाददाता     २०८० असोज ११ गते ०७: ०० मा प्रकाशित     616   पटक पढिएको

वीरगन्ज । बिहीबार बिहान बारा जिल्लाको विभिन्न स्थानबाट विलविजक भन्दा बढी सामान लोड गरेको आशंकामा चारवटा ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।

जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर–१ स्थित खटिएको प्रहरीको टोलीले वीरगंजबाट काठमाण्डौतर्फ जादै गरेको ना.६ ख.७१ न.को ट्रक र बा.४.ख ११२५ नं.को ट्रक जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर ७ बाट नियन्त्रणमा लिएको हो ।

त्यस्तै वीरगंजबाट रुपन्देहीतर्फ जादै गरेको ना.४ ख ९०९१ न.को ट्रक र ना. ६ ख ३०२४ नं.को डिब्बा ट्रक जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर २१ अमलेखगञ्जबाट नियन्त्रणमा लिएको हो ।

सबै ट्रकमा १ करोड ३१ लख ९५ हजार २५ रुपैंया मूल्य बराबरको अवैध सामान रहेको बारा प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

बारा प्रहरीले पाएको विशेष सूचनाको आधारमा सो ट्रकहरुलाई रोकी चेक जाँच गर्दा बिल विजक भन्दा बढी र सामानहरुको श्रोत खुलाउन नसकेकोले सामानहरु फेला परेको र आवश्यक कानूनी कारवाहीका लागि अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक न्यौपानेले बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.