बीरगंज । बिल बिजक भन्दा बढी हार्डवेयर तथा खुद्रा समानहरू लोड रहेको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिल विजक भन्दा बढी हार्डवेयर तथा खुद्रा समानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट सप्तरीतर्फ जाँदै गरेको अवस्थामा बिहिवार राती साढे ११ बजे प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले पाएको बिशेष सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका वडा नं–१४ गण्डक स्थित सडकखण्डमा ना.४ ख २४७१ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँचगर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको पाइएपछि प्रहरीले ट्रक नियनत्रणमा लिएको पर्साका प्रहरी प्रवक्ता कुमारबिक्रम थापाले जानकारी दिए ।
ट्रक र त्यसमा रहेको सामान ४६ लाख मूल्याकंन गरिएको छ । ट्रक र सामान आवश्यक कारवाहीकोलागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको पर्सा प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया