logo

लिनेदिने मिले प्रहरी मौन बस्ने उपरिक्षक श्रेष्ठको प्रतिक्रिया,एनआईसी एशिया बैंकका शाखा प्रबन्धक आमोद गुप्ताद्वारा लाखौं हिनामिना

 इसीमाना सम्वाददाता     २०८० असोज १५ गते ०७: ५६ मा प्रकाशित     1541   पटक पढिएको

गौर । रौतहटको गरूडा बजारस्थित एनआईसी एशिया बैंकका शाखा प्रबन्धक आमोद गुप्ताविरूद्ध प्रहरीमा ठगीसम्बन्धी निवेदन परेको छ। उजुरीकर्ताहरु सबै बैंकका सेवाग्राही हुन् ।

 

उनीहरूले प्रबन्धक गुप्ताले आफूहरुसँग खाली चेक लिएको र पछि सोही चेकबाट अनधिकृत रुपमा रकम निकालेको दावी गर्दै उजुरी दिएका हुन् । शाखा प्रबन्धक गुप्ताले ८५ लाखभन्दा बढी रकम झिकेको प्रहरी स्रोतले बतायो ।

ऋण लगानी गर्दा एनआईसी एशिया बैंकका कर्मचारीले ग्राहकसँग कमिशन लिने गरेको खुलासा भएको छ । आफूहरु ठगिएको भन्दै गएको असोज २ गते जिल्ला प्रशासन कार्यालय रौतहटमा तीन जना पीडितले उजुरी दिएका थिए । जिल्ला प्रशासन कार्यालय रौतहटले अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा उजुरी पठाएपनि प्रहरीले पीडित र बैक प्रबन्धकको बयान लिने मात्र काम गरेको छ ।

 

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले घटना गम्भीर भएकाले अनुसन्धान जारी राखिएको बताए । तर श्रेष्ठले बैंक प्रवन्धकलाई थुनामा राखेर अनुसन्धान गर्नुको साटो तारेखमा राखेका छन । उनी थुनामुक्त हुदा प्रमाणहरुसंग चलखेल गर्ने छुट पाएका छन । गुप्ताले यो सुविधा आर्थिक नजराना बुझाए बावत पाएको स्रोतको दावी छ ।

 

रौतहट प्रहरीले न्याय भन्दा पनि आफनो प्रोफिट हेरेर काम गर्दै आएको पीडतहरुको भनाई छ । नीति बिधि सम्बैधानिक प्रवन्धहरु प्रहरीकालागि महत्पूर्ण छैनन । त्यसको दृष्टान्तका रुपमा बैकिङ कसुरमा दीलीप साह बिरुद्ध उजुरी दर्ताको प्रकरणले पनि पुष्टि गरेको छ । साहले सुनिल पाण्डेय बिरुद्ध जेठ ५ गते जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी दिएका थिए ।

 

तिनै पाण्डेयले जेठ ८ गते जिल्ला प्रहरी कार्यालय रौतहटमा चेक अनादरमा साह बिरुद्ध उजुरी दिए । उजुरी दिने पाण्डेय पर्साका थिए रौतहट प्रहरीले पाण्डेय बिरुद्ध पर्साम कुनै उजुरी छ की छैन भन्ने कुनै खोजखवर नगरि साह बिरुद्ध उजुरी दर्ता गरेको थियो । यसो गर्नुको पछाडी रौतहट प्रहरीका तत्कालीन मुद्दा शाखामा कार्यरत विन्देश्वरी यादवले नजराना लिएर यो मुद्धा दर्ता गरेका हुन ।

 

आर्थिक नजरानाका कारण महेन्द्र श्रेष्ठको कमाण्डमा रहेको रौतहट प्रहरी पीडकको मतियारमा रुपान्तरण भएको छ । यसले त्यहा रहेका इमान्दार प्रहरीलाई समेत निकै सकस भएको छ ।


बैंक घोटाला काण्डमा पनि जिल्ला प्रशासन कार्यालय रौतहटमा तीन जनाले दिएको उजुरीमा ऋण स्वीकृत गरेवापत शाखा प्रबन्धक गुप्ताले जय बाबा वैद्यनाथ एग्रीकल्चर कम्पनी प्रालि चन्द्रपुर नपा १०, अशोका एग्रिकल्चर दुर्गा भगवती गाउँपालिका १ र अम्बे कृषि फर्म चन्द्रपुर ८ का प्रोप्राइटरसँग सापटी भन्दै २ करोड ५ लाख रुपैयाँ ७ महिना अघि लिएर फिर्ता नगरेको उल्लेख छ । यत्रो रकमको अपचलन हुदा समेत प्रवन्धकले उन्मुक्ति पाउनलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

सर्लाही बरहथवा नगरपालिका १० सुन्दरपुर चोहर्वामा रहेको ४ बिगाह १७ कटठा जमिन अशोक कुमार साहले एनआईसी एशिया बैंकमा धितो राखी ४ करोड ७५ लाख ऋण स्वीकृत गराएका थिए।

 

सहुलियतपूर्ण कृर्षि कर्जा प्रयोजनको लागि गत माघमा सहुलियतपूर्ण ऋण स्वीकृत गरेपछि शाखा प्रबन्धक गुप्ताले अशोका एग्रीकल्चर दुर्गा भगवती १ का प्रोप्राइटर अशोक कुमार साहसँग नौ वटा खाली चेकमा सही गराएर लिएको दावी उजुरीमा गरिएको छ । सोही चेकहरूबाट रकम निकालेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

२०७९ चैत्र १७ गते चेक नम्बर ५७९६०१८१ बाट बैंकका सेक्युरिटी गार्ड धर्मेन्द्र कुमार महतोको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ५७९६०१८५ बाट सञ्जय यादवको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ५७९६०१८३ बाट सचिन श्रीवास्तवको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ५७९६०१७७ बाट पाना देवीको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ५७९६०१८२ बाट राम बच्चु राउतको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ५७९६०१७८ बाट आरएन कुमार साहको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ५७९६०१८४ बाट आशा देवीको नाममा ५ लाख ३४ हजार झिकेको अनुसन्धानमा देखिएको छ ।

यसै गरी जय बाबा वैद्यनाथ एग्रीकल्चर कम्पनी प्रालि चन्द्रपुर १० को नाममा रहेको चन्द्रपुर १० डुमरियाको २५ कटठा र चन्द्रपुर ९ को घरसहितको २ कटठा ५ धुर जमिन धितो राखेर ३ करोड २० लाख ऋण स्वीकृत गर्दा प्रोप्राइटर पुष्पनाथ साहका छोरा राकेश साहसँग ७० लाख रकम राख्न लगाई ८ वटा खाली चेक लिएर प्रबन्धक गुप्ताले चेक नम्बर ४९००५३६४ बाट रामसिंह राय यादवको नाममा ९ लाख ९० हजार, चेक नम्बर ५९००५३६२ बाट मनिषा देवी साहको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ४९००५३५९ बाट शेख जहुर हकको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ४९००५३६१ बाट दुर्गा कुमारी सोनीको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ४९००५३५८ बाट काशी सहनीको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ४९००५३६३ बाट माधव प्रसाद साह कल्वारको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ४९००५३६५ बाट गैरी देवीको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ४९००५३६० बाट टैट सहनीको नाममा ३६ हजार निकालेको अनुसन्धानमा खुलेको छ । अम्बे कृषि फर्म चन्द्रपुर–८ का चेकको विवरण बैंकले दिन आनाकानी गरिरहेको छ ।

बैंकबाट ऋण लिएका ऋणीले शाखा प्रबन्धक गुप्तासहित बैंकका कर्मचारीले सहुलियतपूर्ण कृषि कर्जा प्रवाह गरेवापत कमिशन लिएको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

 

रौतहट प्रहरी प्रमुखले भने बैंक प्रवन्धक र निवेदकहरु मिलेर आए आफू मौन बस्ने प्रतिक्रिया संचारमाध्यमलाई दिएका छन । नागरिकको बचत , सहुलियत दरमा दिइने ऋणको अपचलनको बिषयमा कोही मिल्दैमा प्रहरी चुप हुने कुरा पनि न्यायीक नहुने कुरालाई प्रहरी उपरिक्षक श्रेष्ठले नजरअन्दाज गरेका छन ।


गुप्तासहितका बैंकका कर्मचारीले कृषि सहुलियत ऋण स्वीकृत गरेपछि ऋणीसँग खाली चेकमा हस्ताक्षर गराएर बैंकका कर्मचारीलगायतका व्यक्तिको नाममा कमिशन रकम निकालेको आरोप छ। यस्तो आरोपमा संघीन अनुसन्धान हुनुमा प्रहरी गुप्ताको प्रभावमा परेर अनुसन्धान प्रभावकारी गरिरहेको छैन भन्ने आरोपलाई बल पु¥याइरहेको छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

तरकारीका थोक कारोवारीलाई वीरगंज महानगरको २१ दिने अल्टिमेटम, व्यवस्थित थोक बजारमा जान निर्देश

वीरगंज । वीरगंज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा जथाभावी तरकारी तथा फलफूलको थोक बजार सञ्चालन नगर्न निर्देशन दिँदै व्यवसायीलाई २१ दिनभित्र तोकिएको स्थानमा स्थानान्तरण हुन अल्टिमेटम दिएको छ।

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.