बीरगंज । अनाधिकृतरूपमा भण्डारण गरी राखिएका २ हजार ३ सय २५ किलो केराउ प्रहरीले बरामद गरेको छ । बीरगंज महानगरपालिकाको वडा नं –१६ को रेल्वे सडकखण्डबाट प्रहरील प्रहरीले सोमवार अपरान्ह केराउ बरामद गरेको हो ।
केराउ बरामद गरेको हो । अजय साहले सञ्चालन गरेको जय माँ गाला किराना स्टोरमा अनाधिकृतरूपमा केराउ भण्डारण गरि राखिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता डिएसपी कुमार बिक्रम थापाले बताए ।
२५ किलो दरका ९३ बोरा बरामद गरिएको उनले बताए । केराउको बजार मूल्य २ लाख ७९ हजार रहेको छ ।
कानूनी रीतपुर्याई बरामद गरिएको केराउलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया