बीरगंज । बिल बिजक भन्दा बढी ईलेक्ट्रोनिक्स तथा खुद्रा सामानहरू लोड रहेको ट्रक आवश्यक कारवाहीकोलागि पर्सा प्रहरीले राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाएको छ ।
प्रहरीले बिल बिजक भन्दा बढी ईलेक्ट्रोनिक्स तथा खुद्रा सामानहरू लोड रहेको ट्रक २१ गते राती ११ बजे गण्डकचोकबाट पक्राउ गरेको थियो । वीरगञ्जबाट धनुषातर्फ जाँदै गरेको मालवाहक ट्रक बिशेष सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो ।
बिलमा लेखिए भन्दा बढीको सामान देखिएपछि प्रहरीले ट्रक नियन्त्रणमा लिएर कारवाहीकालागि अनुसन्धानकमा पठाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए ।
ट्रकमा २६ लाख मूल्य बराबरको समान रहेको प्रहरीले जनाएको छ । ट्रकमा ईलेक्ट्रोनिक्स तथा खुद्रा सामानहरू रहेका छन ।
तपाईको प्रतिक्रिया