logo

बिमा गर्दाका प्रतिवद्धता सहज रुपमा लागु गर्न इनसुरेन्स कम्पनीलाई महानगर प्रमुख सिंहको आग्रह

 इसीमाना सम्वाददाता     २०८० कार्तिक १ गते ०९: २३ मा प्रकाशित     630   पटक पढिएको

बीरगंज । बीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले निर्जिवन बिमा कम्पनीहरुले सहकारीसंग सहकार्य गरेर बिमाको सेवा उपलब्ध गराउनु पर्ने सुझाव दिएका छन ।

 

निर्जिवन बिमा कम्पनीमा कार्यरत कर्मचारीहरुको हितका निम्ति बनेको संगठन निप्सको बुधवार बीरगंजको होटेल मकालुमा आयोजीत पद हस्तान्तरण समारोहलाई समबोधन गर्दै प्रमुख सिंहले बिमा गर्दा घर घरै जाने तर बिमा रकम दिनु पर्दा बिभिन्न बाहना गर्ने कम्पनीहरुको प्रवृतिमा पनि सुधार ल्याउनु पर्नेमा जोड दिए ।


उनले बिमा गर्दा गरिएको प्रतिवद्धता बिमा दावी गर्दा सहज रुपमा उपलब्ध गराउनु पर्ने बताए ।


कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी.लामिछानेले पेशागत सुरक्षा र शुद्धतामा संगठनले राम्रो र प्रभावकारी भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिए । उनले संगठनको माध्यमले बिमा संसकृतिको बिकासमा योगदान पुर्याउन समेत सुझाव दिए ।


बद्री बहादुर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा निप्सका नयाँ अध्यक्ष धिरज शर्मालाई अध्यक्षको पद अधिकारीले हस्तान्तरण गरेका थिए ।

निप्सको अन्य पदाधिकारी र सदस्यको पछि मनोनयन गरिने निको यन्सुरेन्स बीरगंजका प्रवन्धक बिक्रम आलेले जानकारी दिए । कार्यक्रममा बिमा प्राधिकारण बीरगंजका प्रतिनिधि ,सर्भेयर एशोसिएशनका प्रतिनिधि प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य निरज पिठाकोटे लगायतको सहभागिता रहेको थियो ।


कार्यक्रमको संचालन निशान्त लामिछानेले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

वीरगंज कारागारका सबै कैदीबन्दको भाग्ने प्रयासमा सुरक्षा निकायको अवरोध कैदीबन्दी सुरक्षीत

वीरगञ्ज । वीरगको कारागार प्रशासनले एक बिज्ञप्ति जारी गरि कारागारका कैदी बन्दी सबै सुरक्षीत रहेको जनाएको छ । कैदी बन्दीहरुले भाग्ने प्रयास गरेको तर भाग्यो योजना सफल नभएको जनाएको छ ।

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.