logo

नेपाल आयाल निगम गण्डकी प्रादेशिक डिपोको तेल अपचलन घटनाका मुख्य आरोपी दास धरौटीमा रिहा

 इसीमाना सम्वाददाता     २०८० कार्तिक १४ गते ०७: ४२ मा प्रकाशित     575   पटक पढिएको

पोखरा, १४ कात्तिक/ नेपाल आयाल निगम गण्डकी प्रादेशिक डिपोको तेल अपचलन घटनाका मुख्य आरोपी चित्तरञ्जन दास धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत कास्कीले आइतबार उनलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

 

उनीविरुद्ध साउन ३० गते पक्राउ पुर्जी जारी भएकोमा फरार उनी आइतबार थुनछेक बहसमा भाग लिन अदाल आएका थिए । बहसपछि न्यायाधीश ऋषिराम आचार्यको इजलासले उनलाई ५ लाख धरौटीमा रिहाको आदेश दिएको हो ।

 

नेपाल आयाल निगम गण्डकी प्रादेशिक कार्यालय गगनगौडा, पोखराका तत्कालीन डिपो प्रमुख दासलगायतले डिपोको तेल अपचलन गरेको अभियोग लागेको छ।

 

सोही मुद्दामा पेट्रोल पम्प व्यवसायी बाबुराम जमरकट्टेल, गण्डकी–धौलागिरि पेट्रोलियम डिलर्स एसोसिएसनका कार्यालय सचिव जगन्नाथ ढुंगाना र ट्यांकर चालक निर्मल थापा धरौटीमा रिहा भइसकेका छन् । ट्यांकर व्यवसायी जमरकट्टेल १ लाख ५० हजार, ढुंगाना १ लाख र चालक थापा ७५ हजार धरौटीमा छुटेका थिए ।

 

साउन २५ गते डिजेलको रकम तिरेर पश्चिमाञ्चल पेट्रोल पम्प जाँदै गरेको ग२ख ८३६ नम्बरको ट्यांकर जिल्ला प्रशासन कार्यालयको अनुगमन टोलीले नियन्त्रणमा लिई जाँचबुझ गर्दा १ हजार ५ हजार २ सय लिटर डिजेल पाइएको थियो ।

 

तोकिएभन्दा ३ हजार २ सय लिटर बढी डिजेल अपचलन गरकोेमा अरोपमा दाससहितलाई मुद्धा चलेको थियो

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.