logo

किंग्स क्यासिनोद्वारा गैरकानूनी लक्की ड्र संचालन,स्थानीय प्रशासन र बिभाग भन्छ कुनै इजाजत दिएका छैनौं

 इसीमाना सम्वाददाता     २०८० कार्तिक २५ गते ०१: ०४ मा प्रकाशित     1029   पटक पढिएको

बीरगंज । बीगंजको आर्दशनगरमा रहेको किंग्स क्यासिनोको गैरकानूनी कामका कारण क्यासिनोमा प्रवेश निषेध गरिएका नेपालीहरुको बिल्लीवाँठ हदै गएको छ ।

 

किंग्स क्यासिनोले त कानूनको खिल्ली उढाउदै चिठ्ठा उपहार कार्यक्रम समेत संचालनमा ल्याएको छ । चिठ्ठा जन्य कार्यक्रहरु कानूनले नै प्रतिवन्ध लगाएको छ ।

 

तर क्यासिनोले पहिलो पुरस्कार बुलेट मोटरसाईकल, दोश्रो पुरस्कार सिक्री र तेश्रो पुरस्कार जुवा खेल्नलागि क्यासिनो कुपन दिने भन्दै “ग्राण्ड लक्की ड्र” संचालनमा ल्याएको छ ।

 

क्यासिनो संचालनको इजाजत दिने नेपाल पर्यटन बोर्डले भने मिनि क्यासिनो संचालनको अनुमती दिएको जनाएको छ । बिभाजका निर्दैशक एवं प्रवक्ता काली बहादुर भूजेलले लक्की ड्र संचालनको इजाजत आफुहरुले नदिएको प्रष्ट पारे ।उनले चिठ्ठा कार्यक्रम गैरकानूनी भएको बताए।

 


यता पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले पनि क्यासिनोलाई चिठ्ठा संचालनको इजाजत नदिएको बताउछन । इजाजत मागेको पनि छैन दिएको पनि छैन पर्साका प्रमुख जिल्ला अधिकारी रेग्मीले भने भाग्यशाली चिठ्ठा जस्ता कुरा कानूनी रुपमै दण्डनीय रहेका छन ।

 

तर बीरगंजका किंग्स क्यासिनोका संचालक कमल के.सी.ले आफूहरुले ब्यापार प्रर्वद्धनकालागि चिठ्ठा खोल्ने गरेको चिठ्ठाको बिक्री बितरण भने नगरेको दावी गरे ।

 

क्यासिनोमा आउने ग्राहकले लिने भौचरमा कुपन दिने गरेको र त्यही कुपनलाई चिठ्ठाको रुपमा निकाल्ने गरेको उनले बताए । उनले शब्दमा चिठ्ठा लेखिएको भएपनि त्यो चिठ्ठा बिक्री गरेर नखोलिएको दावी गरे ।

बिभागका प्रवक्ता भूजेलले बीरगंजमा रहेका क्याशिनोहरु मिनी क्यासिनो हुन । आधुनिक मेशीन तथा उपकरणको माध्यमले गेम खेलाउने इजाजत पाएका छन । पाँच तारे होटेलमा रहेका क्यासिनोले  लाइभ गेम संचालनको अनुमती पाउने उनले बताए ।

 

बीरगंजमा रहेको किग्स क्यासिनोले बिभागको दिएको इजाजतको खिल्ली उडाउदै फलास म्यारिज जस्ता गेमहरुपनि खेलाउदै आएको छ । किंग्सका बारेमा गुनासो आएका छन । त्यसका बिषयमा छड्के अनुगमनको तयारी गरेको भूजेलले बताए । उनले क्यासिनो भित्रको सीसी क्यामराको ६ महिनाको फूटेज राख्न निर्देशन गरेको बताए ।


किग्स क्यासिनोमा नेपालीहरुलाई प्रवेश दिएको र धेरैको बिल्लीवाठ भएको गुनासो बिभाग सम्म आइपुगेको बताउदै भूजेलले यस्तो निर्देशन दिएको बताए । क्ग्सि क्यासिनोका संचालक कमल के.सी.ले पनि आफनो क्यासिनोमा नेपालीहरुलाई प्रवेश नदिइएको बताए ।

 

के.सी.ले नेपालीको प्रवेश रोकेको दावी गरेपनि उनलेदावी गरेको जस्तो नरहेको क्यासिनो प्रवेश गर्नेहरुले बताएका छन । क्यासिनोको पहिलो प्रवेशद्वारमै यस्तो घण्टीको ब्यवस्था गरिएको छ की स्थानीय प्रशासनले छड्के चेकजाँच गरिहाले पनि त्याहा तैनात सुरक्षाकर्मीले घण्टी थिचेपछि माथि रहेका नेपालीहरु खेलाडीहरु अर्को वाटो प्रयोग गरेर निस्कन्छन ।

 

स्थानीय प्रहरी प्रशासनको चेकजाँचमा नेपालीहरु फेला पर्दैनन तर क्यासिनोमा नेपाली खेलाडीको प्रवेशमा कुनै रोकटोक छैन । क्यासिनो संचालक के.सी. केही चिनजानेका साथीभाई भेटन आउदा अरु पनि साथी लिएर आउने र उनीहरु मित्रताकै कारण क्यासिनोमा प्रवेश गर्ने घटना यदाकदा हुने गरेको स्मरण गर्दै घुमाउरो पारामा नेपालीको प्रवेश स्वीकार भने गर्छन ।

 

के.सी.कागजका अधारमा भारतीयलाई प्रवेश दिने गरिएकोेले सीमावर्ती क्षेत्रमा यताका नागरिकको उताको कागजात पनि हुने भएकोले नेपालीको प्रवेश भनिएको हुन सक्ने उनको कथन छ ।


चार दिन अगाडि मात्र किंग्स क्यासिनोमा क्यानडा जान पैसाको जोहो गरेका एक जना नेपाली युवाले प्रवेश पाए । उनले त्यो रात ४ लाख रुपैया हारे । जीतपुर सीमराका प्रतिष्ठित ब्यवसायीका छोरा उनी यति सम्म हारे की पछि क्यासिनोका कर्मचारीले मोवाइल समेत धरौटीमा राखे ।

 

नेपालीहरुलाई क्यासिनो भित्र लैजनाले बिचौलीया नेपाली नै हुन्छन र तिनले जुवा खेल्नेहरुलाई महगो ब्याजदरमा लगानी समते गर्ने गरेको एक भूक्तभोगीको भनाई छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.