बीरगंज । बिल बिजक भन्दा बढी लत्ताकपडा तथा खुद्रा सामानहरू लोड रहेको ट्रकलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।
वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डकचोक स्थित सडकखण्डमा २४ गते राती २ बजे ना ३ ख ४४१५ नम्बरको मालवाहक ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो । राजश्व छली गरी विल विजक भन्दा बढी मालबस्तुहरू लोड गरी वीरगञ्जबाट विराटनगरतर्फ जाँदै गरेको अवस्थामा ट्रक नियनत्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ ।
छ भन्ने समेत व्यहोराको सूचना प्राप्त भई यस कार्यालयबाट खटिएको चेकिङ टोलीले उक्त मालवाहक ट्रकलाई नियन्त्रणमा लिई लोड रहेको मालबस्तुहरु अनलाईन भिसीटीएस विलमा उल्लेखित भन्दा बढी रहेकोले आवश्यक कारवाहीकोलागि ट्रक नियनत्रणमा लिएको हो । ट्रकमा कपडा तथा खुद्रा समानहरू चौवालीस लाख पचपन्न हजार छ सय त्रियासी बराबरको रहेको छ ।
ट्रकभित्र लोड रहेको मालबस्तुहरू आवश्यक कारवाहीको २५ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको पर्सा प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया