logo

डेडिकेटेड फिडर र ट्रंक लाइन को सन्दर्भमा सरकार छानविनको नाटक मंचन गर्दैछः सांसद यादव

 इसीमाना सम्वाददाता     २०८० फागुन ४ गते १६: ४६ मा प्रकाशित     624   पटक पढिएको

बीरगंज । जनता समाजवादी पार्टीका नेता तथा पर्साको क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधि सभाका सदस्य प्रदीप यादवले कुशासनका कारण नेपाल ठुलो संकटमा परेको बताएका छन ।

 

वीरगन्जमा शुक्रबार राष्ट्रिय समाचार समिति(रासस)को ६३ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यादवले मुलुकमा जता हेर्यो त्यतै अनियमितता मात्रै रहेको बताए ।

 

उनले लेखा समितिले सरकारलाई दिएको निर्देशनको कुनै अर्थ नरहेको टिप्पणी गरे । लेखा समितिले सरकारलाई निर्देशन दिन्छ तर सरकार ( कार्यपालिका) ले निर्देशनको कुनै वास्ता गर्दैन त्यसैले आजकल लेखा समितिको बैठकमा जान समेत जाँगर चल्न छाडेको उनले बताए ।

 


डेडिकेटेड फिडर र ट्रंक लाइन को सन्दर्भमा मुलुकमा राम्रै नाटक मंचान भएको उनले बताए । सरकार छानविनको नाटक गर्दैछ पूर्वमंत्री समेत रहेका यादवले भने लाल आयोगका प्रमुख रहेका गिरिशचन्द्र लाल नै यो समितिका प्रमुख छन म दावाका साथ आजै भन्न सक्छु प्रतिवेदनमा के लेखिन्छ ।

 

सरकारले गएको पुष २४ गते बसेको मंत्रीपरिषद बैठकले छानविन समिति बनाएको थियो । मन्त्रिपरिषद्ले समितिले छानबिन गरी प्रतिवेदन नबुझाएसम्मका लागि उद्योगहरूको काटिएको विद्युत् लाइन खोल्न निर्देशन दिने निर्णयसमेत गरेको थियो।


नेता यादवले भ्रष्टाचारका अनेकौ दृष्टान्तहरुको चर्चा गर्दै प्रतिनिधि सभाको अवको बैठकमा आफूले कुरा उठाउने बताए । उनले नेपालको मुलधारको संचार माध्यमले मधेशसंग न्याय गर्न नसकेको बिचार ब्यक्त गरे ।

मुलधारका मिडियमा मोफसलका मुद्धाले स्थान नपाएकोमा उनको गुनासो थियो । उनले केही मिडिया अहिले पनि ब्यापारीक घरानाको कब्जामा रहेको र तिनका काला कर्तुत लुकाउन ब्यस्त रहेने गरेको बताए ।

राससका वीरगन्ज प्रमुख राजु विश्वकर्र्माको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान, मधेस प्रदेश महासचिव श्याम बन्जारा, समाजवादी प्रेस ससंगठनका केन्द्रिय महासचिव रामकुमार एलन, नेपाल प्रेस युनियनका केन्द्रिय सचिव अशोक तिवारी,नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष अनुप तिवारी लगायतकोपनि सहभागीता थियो । कार्यक्रमको संचालन माधुरी महतोले गरेकी थिइन ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजमा मालपाेत कर अब वडामै संकलन गरिने

वीरगंजमा मालपाेत कर अब वडामै संकलन गरिने

२५ वर्षे शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमको सम्मानसहित बिदाइ

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ रंगपुरस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले करिब २५ वर्ष लामो शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमलाई सम्मानसहित बिदाइ गरेको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.