बिल बिजक भन्दा बढी समान भएको आशंकामा सशस्त्र प्रहरीले एउटा माल वाहक ट्रक नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरीको सीमा सरक्षा गुल्म अलौबाट खटिएको प्रहरी टोलीले बीरगंज बाट काठमाण्डौ जादै गरेको ना.८ ख.३९७८ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो ।
ट्रकमा ७० लाख बराबरको कपडा रहेको छ ।ट्रकको मूल्य ४० लाख मूलयकंन गरिएको छ ।
कपडा र ट्रक सहित १ करोड १० लाख बराबरको समान सहितको ट्रक आवश्यक कारवाहीको लागि सोमवार राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको सशस्त्र सीमा सुरक्षा बल १३ नं गणले जनाएको छ ।
तपाईको प्रतिक्रिया