logo

उद्योगमा विद्युत् लाइन जडान गर्ने निर्णय ,जगदम्बा स्टील, जगदम्बा सेन्थेटिक र हुलास स्टील संचालनमा आउने

 इसीमाना सम्वाददाता     २०८१ सावन ८ गते ०७: १० मा प्रकाशित     174   पटक पढिएको

काठमाडौँ, । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले विभिन्न छ उद्योगमा विजुलीको लाइन जडान गर्ने निर्णय गरेको छ । सञ्चालक समितिको बुधवारको बैठकले सर्तसहित विद्युत् लाइन जोड्ने निर्णय गरेको छ ।


यो निर्णयसंगै पथलैया बीरगंज औधोगिक करिडोरका ठुला उधोगहरु जगदम्बा स्टील, जगदम्बा सेन्थेटिक र हुलास स्टील संचालनमा आउने छन ।

प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको अध्यक्षताको बैठकले उद्योगमा काटिएका लाइन पुनःजडान गर्ने निर्णय गरेको हो ।

तीन महिनाभित्र उद्योगीहरुको बक्यौता विद्युत् भुक्तानी नगरेमा पुनःबक्यौता असुल गर्न कारबाही अगाडि बढाउने गरी विद्युत् नियमन आयोगको निर्देशनअनुसार उद्योगहरुको विद्युत् लाइन जोड्ने निर्णय संचालक समितिले गरेको हो। 

विद्युत् काटिएका छ वटा उद्योगमा आज साँझबाट क्रमिक रुपमा लाइन जडान गरिने जनाइएको छ ।

उद्योगहरुले विद्युत् महसुलको बक्यौता नतिरेपछि गत असार २५ गतेदेखि रिलायन्स स्पिनिङ मिल, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टील, जगदम्बा सेन्थेटिक र हुलास स्टीलको लाइन काटेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

समाज

लायन्सका संस्थापक मेल्भिन जोन्सको जन्मदिवसको अवसरमा चिया वितरण

वीरगञ्ज । अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब ईन्टरनेशनलका संस्थापक मेल्भिन जोन्सको १४६ औं जन्म दिवसको अवसरमा वीरगञ्जको माइस्थान क्षेत्रमा करिब पाँच सय जनालाई चिया वितरण गरिएको छ ।

लायन्स क्लब वीरगञ्ज सेस्मी एकेडेमीद्वारा बाल क्यान्सर सचेतना कार्यक्रम सम्पन्न

वीरगञ्ज । लायन्स क्लब अफ वीरगञ्ज सेस्मी एकेडेमी र विजयपथको संयुक्त साझेदारीमा बाल क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम गरिएको छ ।

खेलकुद

लायन्सका संस्थापक मेल्भिन जोन्सको जन्मोत्सवको अवसरमा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

वीरगञ्ज । अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब ईन्टरनेशनलका संस्थापक मेल्भिन जोन्सको १ सय ४६ औं जन्म दिवसको अवसरमा साताब्यापी कार्यक्रम संचालन भइरहेको छ ।

एनपिएल ,अनिलको अर्द्धशतकीय पारीको मद्दतमा जनकपुर बोल्ट्स लगातार विजयी

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) जनकपुर वोल्ट्स आफ्नो दोस्रो खेलमा पनि लगातार विजयी भएको छ । कप्तान अनिलकुमार साहको अर्द्धशतकीय पारीको मद्दतले जनकपुर वोल्ट्सले कर्णाली याक्सलाई आठ विकेटले पराजित गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.