वीरगञ्ज । पर्सा प्रहरीले बिलमा लेखिए भन्दा बढी मात्रामा व्हिस्की कम्प्युटर माउस फेला परेपछि ति सामान बोक्ने मालबाहक गाडी सहित सामान नियन्त्रणमा लिएको छ ।
प्रहरीले नियन्त्रणमा लिएको समान र मालबाहक ट्रक आवश्यक कारवाहीकोलागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको पर्सा प्रहरीका प्रवक्ता डिएसपी दिपक भारतीले जानकारी दिए ।
पर्साबाट प्रहरीले झण्डै ४ करोड मूल्य बराबरका व्हिस्की कम्प्युटर सामान लोड रहेको दुई ट्रक नियन्त्रणमा लिएको हो ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ एरियाबाट प्रहरीले लु.१ ख ७५३२ र ना ३ ख ५४९ नम्बरको उक्त सामानसहितको ट्रक नियन्त्रणमा लिएको डिएसपी भारतीले बताए ।
उनका अनुसार प्रहरीले ३ करोड ९३ लाख ८८ हजार ६३१ मूल्य बराबरका सामान लोड रहेको दुईवटा ट्रक नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिईएको ट्रकमा कम्प्युटरको माउस र व्हिस्की मदिरा फेला परेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया