जनकपुरधाम । जनकपुरधाम उद्योग वाणिज्य संघको अध्यक्ष पदमा सुरेन्द्र भण्डारी विजयी भएका छन् ।
भण्डारी १ हजार ६ सय ४४ मत ल्याएर अध्यक्ष पदमा निर्वाचित भएका हुन् । भण्डारीले उनका निकटतम प्रतिद्वन्द्वी मनिषरमण साहलाई ७२ मतको अन्तरले पराजित गरेका हुन् ।
मनिषरमण साहले १ हजार ५ सय ७२ मत ल्याए भने जितेन्द्र प्रसाद साहले २सय ९३ मत मात्रै ल्याउन सके । अध्यक्ष पदमा ६३ मत बदर भएको निर्वाचन समितिका संयोजक ललित साहले जानकारी दिए ।
संघको उपाध्यक्ष पदमा भने लक्ष्मण साह यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।
जनकपुरधाम उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा जम्मा ४ हजार ७६ जना मतदाता थिए । शनिबार भएको मतदानमा ३ हजार ५७४ मत खसेको थियो ।
तपाईको प्रतिक्रिया