logo

चाडवाड नजिक आएपछि अनुगमन सक्रिय,आतंक सृजना गर्न खोजिएको ब्यापारीको बुझाई

 इसीमाना सम्बाददाता      २०८१ असोज २ गते १८: ०२ मा प्रकाशित     453   पटक पढिएको

वीरगञ्ज । चाडवाड नजिकिएसंगै अनुगमनको सक्रियता पनि बढ्छ । बुधवार बीरगंजमा एकैदिन सातवटा पसलमा अनुगमन गरिएको छ ।

 

बाणिज्य ,आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका निमित कार्यालय प्रमूख सुनिल चौरसियाको नेतृत्वमा अनुगमन गरिएको हो ।


अनुगमनका क्रममा गरिद बिल देखाउन नसक्ने पसलहरुलाई टोली जरिवाना गरेको छ ।

 

अनुगमन गरिएका मध्य ६ वटालाई जरिवाना गरिएको बाणिज्य ,आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका सुचना अधिकारी दिलिप खँग खत्वेले बताए ।

 

उनीहरुलाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ बमोजिम नगद जरिवाना गरिएको खत्वेले बताए ।


न्यु अमित किराना स्टोर्स, मुकेश एण्ड केशरी किराना स्टोर्स, भगवती किराना भण्डारलाई दश /दश हजार जरिवाना गरिएको छ ।

 

आयुष गल्ला किराना पसल, राहुल एण्ड नविन किराना र मुन्ना लाल किरानालाई पाँच/ हजार जरिवाना गरिएको खत्वेले बताए ।

 

किराना पसलका संचालकहरुले भने सानो मूल्यका पसलमा अनुगमनका नाममा आतंक सृजना गर्न खोजिएको बताएका छन ।

 

चाडवाडको बेलामा पूर्वाग्रही भएर छापामार्ने काम भएको भन्दै उनीहरुले आक्रोश ब्यक्त गरेका छन ।

 

दैनीक उपभोग गर्ने बस्तु र पूजा सामाग्रीको मूल्यको बिषयमा उपभोक्ता आफै जागरुक भएको उनीहरुको दावी छ ।

जरिवाना गरिएको रकम सात दिन भित्र राष्ट्रिय बाणिज्य बैंकमा दाखिला गरी भौचर कार्यालयमा पेश गर्न निर्देशन पनि दिईएको उनले बताए ।

 

साथै चाडपर्बको बेलामा उपभोक्ता सँग बढी मुल्य लिने,गुणस्तरहीन वस्तु बिक्री गर्ने ,म्याद नाघेका सामान बिक्री गर्ने,लेबल नभएका सामान बिक्री गर्ने जस्ता कार्य नगर्न पनि कार्यालयले व्यापारीहरुसित अनुरोध पनि गरेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगन्जको सौन्दर्यकरण जोगाउन इन्टरनेट र केवुलका अब्यवस्थित तार ब्यवस्थित गरिदै

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले नगरभित्र अव्यवस्थित रूपमा छरिएका इन्टरनेट तथा टिभी केवलका तारहरू व्यवस्थापन गर्ने भएको छ। महानगरपालिकाले आगामी आज बिहीबारदेखि पहिलो चरणको तार व्यवस्थापन अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.