logo

राजस्व छलीको करिब डेढ करोड मूल्य बराबरको  लत्ताकपडासहित दुई भारतीय पक्राउ

 इसीमाना सम्वाददाता     २०८१ असोज ३ गते ०७: ५६ मा प्रकाशित     392   पटक पढिएको

हेटौडा । मकवानपुर प्रहरीले १ करोड ३५ लाख बराबरको राजस्व छली भित्र्याइएको कपडा बरामद गरेको छ ।

 

प्रहरीले कपडा बोकेको मालबाहक ट्रक त्यसका भारतीय चालक सह चालकलाई पनि पक्राउ गरेको छ ।आलुको बोरा मुनि लुकाइछिपाइ भन्सार छलेर अवैध रुपमा ल्याउँदै गरेको अवस्थामा कपडा बरामद गरेको हो  । 


गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयका मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेमा सुनसरीबाट हेटौँडा हुँदै काठमाडौ जाँदै गरेको बीआर ०५ जिडी १३४३ नम्बरको भारतीय ट्रकमा लोड गरिएको १ एक करोड ३५ लाख मूल्य बराबरको अवैध कपडासहित दुई जनालाई पक्राउ गरेको हो । 


पक्राउपर्नेमा ट्रक चालक भारत विहार राज्य मोतिहारी जिल्ला तुकालिया पूर्वी चम्पारण सपही निवासी ३० वर्षीय जन्दार आलम र सहचालक सोही ठाउँका १९ वर्षीय मुना मियाँ रहेको प्रहरीले जनाएको छ । 


जाँचका क्रममा ट्रकमा तीन सय ४५ बोरा आलुको भन्सार बिल काटेर २  सय ६४ बोरा मात्र आलु राखी त्यसको भित्री भागमा ७४ वटा बोरामा करिब १ एक करोड ३५ लाख मूल्य बराबरको विभिन्न किसिमका लत्ताकपडा लोड थियो ।

 

  ट्रकसहित चालक र सहचालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए  । 


बरामद भएको समान, ट्रक तथा चालक र सहचालकलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको  प्रहरी नायब उपरीक्षक भण्डारीले बताए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

वीरगंज महानगरको आमसञ्चार समितिले पूर्णता पायो, महानगरको सूचना प्रणाली अझ सुदृढ र व्यवस्थित हुने प्रमुख सिंहको बिश्वास

वीरगंज  । वीरगंज महानगरपालिकाको आमसञ्चार प्रवर्द्धन तथा नियमन समितिले पूर्णता पाएको छ। यसअघि नै वरिष्ठ पत्रकार शत्रुघ्न नेपाल संयोजकमा नियुक्त भइसकेको समितिमा आज थप ११ जना सदस्य मनोनयन भएसँगै समितिले पूर्णता पाएको हो।

ठाकुुरराम बहुमुखी क्याम्पसको प्रमुखमा डा. यादव नियुक्त

वीरगन्ज । त्रिभूवन बिश्व बिद्यालयको आंगीक क्याम्पस मध्य तराईको प्रमुख शिक्षण संस्था ठाकुरराम बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा डा. केशव यादव नियुक्त भएका छन ।

खेलकुद

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.