logo

देशभरका  भरि रहेका १ सय ३३ मालपोत कार्यालयले उठाए दुई अर्ब सत्तरी करोड राजस्व

 इसीमाना सम्वाददाता     २०८१ मंसिर ३ गते ०१: ३१ मा प्रकाशित     511   पटक पढिएको
काठमाडौँ । कार्तिक महिनामा देश भरि रहेका १ सय ३३ मालपोत कार्यालयले  कार्तिक महिना भरीमा २ अर्ब ७० करोड ४० लाख ४६ हजार राजस्व संकलन गरेका छन । 
 
घर जग्गाको कारोबारमा मन्दी कायमै रहेको राजस्व संकलनको बर्तमान अवस्थाले देखाएको छ । घरजग्गा कारोवारमा अपेक्षित रुपमा सुधार आउन नसकेको राजस्व संकलनको अवस्थाले पनि देखाएको छ । 
 
तगत असोजमा भने ३ अर्ब ८ करोड १२ लाख ४ सय ८१ रुपैया राजस्व संकलन भएको थियो । कार्तिकमा चाड पर्व परेकाले गर्दा राजस्व कम संकलन भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ । 
 
 
 काठमाडौँ उपत्यकाभित्रका ९ वटा मालपोत कार्यालयहरुमध्ये सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलले  २४ करोड ५७ लाख ५४ हजार आठ सय ५८ बराबर राजस्व सङ्कलन गरेको छ । 
 
मालपोत कार्यालय गोटीखेल ललितपुरले ४ लाख ६७ हजार सात सय २०, भक्तपुरले  १७ करोड ६९ लाख २३ हजार छ सय ४५, डिल्लीबजारले  १५ करोड ७७ लाख २० हजार पाँच सय ४५ बराबरको राजस्व सङ्कलन गरेको छ । त्यस्तै मालपोत कार्यालय चाबहिलले २१ करोड ४२ लाख ४६ हजार नौ सय ९२, कलङ्की मालपोत कार्यालयले  १७ करोड आठ लाख ४४ हजार सात सय ५१, साँखु कार्यालयले  चार करोड ७९ लाख ५४ हजार ९ सय ४२, मनमैजु कार्यालयले  पाँच करोड ५० लाख ९३ हजार छ सय ३२, टोखा कार्यालयले ३ करोड ५७ लाख २७ हजार छ सय ६५ बराबरको राजस्व सङ्कलन गरेको छ । 
 
कार्तिक महिनामा देशभरीबाट सेवाशुल्क १७ करोड ७८ लाख ३८ हजार ४ सय ६६ र रजिष्ट्रेशन शुल्क  १ अर्ब ८२ करोड ९५ लाख ३० हजार १ सय ३१, पूँजीगत लाभकर  ९३ करोड ७७ लाख ९१ हजार ८ सय २० सङ्कलन गरेको छ । 
 
विभागका अनुसार गत साउनमा ३ अर्ब ८३ करोड ५० लाख ८२ हजार ८ सय ८५, भदौमा  ३ अर्ब ९ करोड २ लाख ५९ हजार एक सय ५२ बराबरको राजस्व सङ्कलन भएको थियो । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.