देशभरका भरि रहेका १ सय ३३ मालपोत कार्यालयले उठाए दुई अर्ब सत्तरी करोड राजस्व
इसीमाना सम्वाददाता
२०८१ मंसिर ३ गते ०१: ३१ मा प्रकाशित
363 पटक पढिएको
काठमाडौँ । कार्तिक महिनामा देश भरि रहेका १ सय ३३ मालपोत कार्यालयले कार्तिक महिना भरीमा २ अर्ब ७० करोड ४० लाख ४६ हजार राजस्व संकलन गरेका छन ।
घर जग्गाको कारोबारमा मन्दी कायमै रहेको राजस्व संकलनको बर्तमान अवस्थाले देखाएको छ । घरजग्गा कारोवारमा अपेक्षित रुपमा सुधार आउन नसकेको राजस्व संकलनको अवस्थाले पनि देखाएको छ ।
तगत असोजमा भने ३ अर्ब ८ करोड १२ लाख ४ सय ८१ रुपैया राजस्व संकलन भएको थियो । कार्तिकमा चाड पर्व परेकाले गर्दा राजस्व कम संकलन भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।
काठमाडौँ उपत्यकाभित्रका ९ वटा मालपोत कार्यालयहरुमध्ये सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलले २४ करोड ५७ लाख ५४ हजार आठ सय ५८ बराबर राजस्व सङ्कलन गरेको छ ।
मालपोत कार्यालय गोटीखेल ललितपुरले ४ लाख ६७ हजार सात सय २०, भक्तपुरले १७ करोड ६९ लाख २३ हजार छ सय ४५, डिल्लीबजारले १५ करोड ७७ लाख २० हजार पाँच सय ४५ बराबरको राजस्व सङ्कलन गरेको छ । त्यस्तै मालपोत कार्यालय चाबहिलले २१ करोड ४२ लाख ४६ हजार नौ सय ९२, कलङ्की मालपोत कार्यालयले १७ करोड आठ लाख ४४ हजार सात सय ५१, साँखु कार्यालयले चार करोड ७९ लाख ५४ हजार ९ सय ४२, मनमैजु कार्यालयले पाँच करोड ५० लाख ९३ हजार छ सय ३२, टोखा कार्यालयले ३ करोड ५७ लाख २७ हजार छ सय ६५ बराबरको राजस्व सङ्कलन गरेको छ ।
कार्तिक महिनामा देशभरीबाट सेवाशुल्क १७ करोड ७८ लाख ३८ हजार ४ सय ६६ र रजिष्ट्रेशन शुल्क १ अर्ब ८२ करोड ९५ लाख ३० हजार १ सय ३१, पूँजीगत लाभकर ९३ करोड ७७ लाख ९१ हजार ८ सय २० सङ्कलन गरेको छ ।
विभागका अनुसार गत साउनमा ३ अर्ब ८३ करोड ५० लाख ८२ हजार ८ सय ८५, भदौमा ३ अर्ब ९ करोड २ लाख ५९ हजार एक सय ५२ बराबरको राजस्व सङ्कलन भएको थियो ।
तपाईं हामीसंग फेसबुक र ट्वीटर
मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
वीरगंज । हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।
नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको छ । १ सय भन्दा बढी घाइते भएका छन, जसको उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।
वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्यो।
तपाईको प्रतिक्रिया