logo

वीरगंज महानगरको १९ औं नगर अधिवेशन सम्पन्न, वडाको बजेट यथावत् राख्ने निर्णय

 इसीमाना सम्वाददाता     २०८२ पौष १४ गते ०८: ४४ मा प्रकाशित     316   पटक पढिएको

वीरगंज । वीरगंज महानगरपालिकाको १९ औं नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले यसअघि विशेष अधिवेशनमार्फत कटौती गरिएको वडाको २५ प्रतिशत बजेट पुनः थप गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ।

 

गत असोजमा सम्पन्न विशेष अधिवेशनले भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका कारण महानगरका विभिन्न संरचनामा पुगेको क्षति पुनर्निर्माणलाई प्राथमिकतामा राख्दै वडातर्फको बजेट कटौती गरेको थियो। उक्त निर्णयअनुसार चालु आर्थिक वर्षमा वडाका लागि छुट्याइएको बजेटमा २५ प्रतिशत कटौती गरिएको थियो।

 

तर पुनर्निर्माणका लागि आवश्यक स्रोत व्यवस्थापन भइसकेको भन्दै अहिलेको १९ औं नगर अधिवेशनले १७ औं नगर अधिवेशनबाट स्वीकृत वडातर्फको बजेट यथावत् राख्ने निर्णय गरेको महानगर प्रमुख राजेशमान सिंहले जानकारी दिए ।

 

अधिवेशनमा महानगर प्रमुख सिंहले चालु आर्थिक वर्षको आय–व्ययको अवस्था पनि सार्वजनिक गरे। उनका  अनुसार चालु आर्थिक वर्षका लागि विनियोजन गरिएको कुल तीन अर्ब २२ करोड रुपैयाँमध्ये हालसम्म एक अर्ब १३ करोड रुपैयाँ खर्च भएको छ।

 

खर्चको प्रतिशतका आधारमा हालसम्म कुल विनियोजित बजेटको ३३ प्रतिशत खर्च भइसकेको छ। यसमध्ये चालु खर्चतर्फ ३४.७८ प्रतिशत र पूँजीगत खर्चतर्फ ३२.६४ प्रतिशत खर्च भएको जानकारी उनले दिए ।

 

महानगरपालिकाले चालु आर्थिक वर्षभित्र शुलभ औषधि पसल सञ्चालन, प्रयोगशाला विस्तार तथा नगर अस्पताल सञ्चालनमा ल्याउने लक्ष्य लिएको पनि अधिवेशनमा जानकारी गराइएको छ।

 

१९ औं नगर अधिवेशनमा उपप्रमुख इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, महानगरका ३२ वटै वडाका वडाध्यक्ष, वडा सदस्यहरू लगायतको सहभागिता रहेको थियो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.