logo

आदर्शनगरको सरोबर होटलमा क्यासिनो माजोङको भव्य उद्घाटन, कानूनी दायरामा संचालन गरिने ब्यवस्थापकको दावी

 इसीमाना सम्वाददाता     २०८२ पौष १९ गते ०५: २६ मा प्रकाशित     443   पटक पढिएको

वीरगन्ज । वीरगन्जको मुटु मानिने आदर्शनगर क्षेत्रमा ‘माजोङ क्यासिनो’ सञ्चालनमा आएको छ । क्यासिनोको औपचारिक प्रारम्भ भने शुक्रवार साँझ एक भब्य कार्यक्रमको आयोजना गरेर गरिएको हो ।

 

नेपालको सबैभन्दा ठुलो  स्तरीय क्यासीनोको रुपमा स्थापित माजोङ काडमाण्डौ , नेपालगंज पछि वीरगंजमा संचालनमा आएको हो । 

 

क्यासिनो व्यवस्थापन पक्षले नेपाली नागरिकलाई प्रवेश निषेध गरिएको जनाएको छ ।

 

क्यासिनोका महाप्रवन्धक सिताराम बानियाले नेपाल सरकारको ऐन नियमको परिधि भित्र रहेर क्यासीनो संचालन गरिने बताए । क्यासिनोको संचालनले पर्यटन प्रवर्द्धनको क्षेत्रमा योगदान पुग्ने बानियाको भनाई छ ।

 

सरोबर होटलमा भव्य उद्घाटन र सांस्कृतिक कार्यक्रमसहित सञ्चालनमा आएको क्यासिनोले पर्यटन र आर्थिक गतिविधिमा नयाँ सम्भावनालाई पहिचान गर्ने बिश्वास लिइएको छ ।

 

विदेशी पर्यटकलाई लक्षित गरी सञ्चालन गरिएको यस क्यासिनोले सीमावर्ती सहर वीरगन्जमा पर्यटक आकर्षण बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

 

 क्यासिनो सञ्चालनसँगै होटल, रेष्टुरेन्ट, यातायात तथा अन्य सेवा क्षेत्रमा रोजगारी र आम्दानीको अवसर सिर्जना हुनेछ। यसले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउँदै नगरको समग्र विकासमा योगदान पुर्‍याउने बानियाको दावी छ।

 

भव्य उद्घाटन तथा सांस्कृतिक कार्यक्रममार्फत सञ्चालनमा आएको क्यासिनोले मनोरञ्जन क्षेत्रलाई व्यवस्थित र अन्तर्राष्ट्रिय स्तरको बनाउने प्रयास गरेको व्यवस्थापनको भनाइ छ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.