logo

जिराभवानी र पटेर्वासुगौलीमा आधुनिक कृषि तथा पशुपन्छी सेवा केन्द्र उद्घाटन, किसानले अधिकतम लाभ लिनुपर्छः मन्त्री परियार

 इसीमाना सम्बाददाता     २०८२ माघ ३ गते ०६: १७ मा प्रकाशित     338   पटक पढिएको

रंगपुर । संघीय कृषि तथा पशुपन्छी विकास मन्त्री डा.मदन प्रसाद परियारले स्थानीय तहमा स्थापना गरिएका कृषि तथा पशुपन्छी सेवा केन्द्रहरूको प्रभावकारी उपयोग गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

 

पर्सा जिल्लाको जिराभवानी र पटेर्वासुगौली गाउँपालिकामा निर्माण सम्पन्न आधुनिक सेवा केन्द्र भवनको उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा बोल्दै उनले किसानले प्रत्यक्ष लाभ लिनेगरी सेवा प्रवाह हुनुपर्नेमा जोड दिएका हुन्।

 

मन्त्री परियारले राज्यको करोडौँ रुपैयाँ लगानीबाट निर्माण गरिएका संरचनाहरू कतिपय स्थानमा प्रयोगविहीन भएर जीर्ण अवस्थामा पुगेको उल्लेख गर्दै अब यस्ता भवन पालिकाले जिम्मेवारीपूर्वक सञ्चालन गर्नुपर्ने बताए।

 

 सेवा केन्द्रलाई सक्रिय बनाएर किसानलाई सरल, सहज र परिणाममुखी सेवा दिन जनप्रतिनिधि तथा कर्मचारीको भूमिका निर्णायक हुने उनको भनाइ थियो।

 

उनका अनुसार सेवा केन्द्रमार्फत माटो, बीउ तथा बाली रोगको परीक्षण गरी समयमै उपचार सम्भव हुनेछ। त्यस्तै पशुपन्छीको रगत परीक्षण गरेर रोग पहिचान तथा उपचार गर्न सकिने भएकाले परम्परागत र व्यवसायिक पशुपालनमा हुने क्षति घटाउन ठूलो सहयोग पुग्ने उनले बताए।

 

मन्त्री परियारले सेवा केन्द्र दीगो बनाउन भवन तथा उपकरणको नियमित मर्मतसम्भार, आवश्यक रसायन तथा सामग्रीको उपलब्धता र दक्ष प्राविधिक जनशक्ति व्यवस्थापनमा स्थानीय तहले विशेष ध्यान दिनुपर्ने बताए।

 

कार्यक्रममा ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाका निर्देशक डा. चन्द्र प्रसाद रिसालले विश्व बैंकको ऋण सहयोगमा आयोजना देशका ६ प्रदेशका ३५ जिल्लामा सञ्चालन भइरहेको जानकारी दिए। उनका अनुसार १७१ पालिकामध्ये हाल ७४ पालिकामा आयोजना सक्रिय छ भने मधेश प्रदेशमा मात्रै ८४ पालिकामा कार्यक्रम विस्तार गरिएको छ। हालसम्म २५ पालिकामा सेवा केन्द्र भवन हस्तान्तरण भइसकेको उनले बताए।

 

ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना अन्तर्गत आर्थिक करिडोर कार्यालय बर्दिबास, महोत्तरीको आयोजनामा जिराभवानी गाउँपालिका–३ मा निर्माण सम्पन्न सेवा केन्द्र भवन हस्तान्तरण गरिएको हो।

 

गाउँपालिका अध्यक्ष अनोज चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष रेखा चौधरी, प्रमुख प्रशासकीय अधिकृत अमित कुमार गिरी, आर्थिक करिडोर बर्दिबासका प्रमुख राजेश यादव, कृषि अनुसन्धान निर्देशनालय परवानीपुरका प्रमुख विश्वेश्वर प्रसाद यादवसहित जनप्रतिनिधि र किसानहरूको सहभागिता रहेको थियो।

यसैगरी पटेर्वासुगौली गाउँपालिकामा पनि दुईतले आधुनिक कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन उद्घाटन गरिएको छ।

 

 गाउँपालिका अध्यक्ष दिनेश कुमार चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भवनमा अत्याधुनिक परीक्षण उपकरण, फर्निचर, अपाङ्गमैत्री तथा महिलामैत्री संरचना रहेको जानकारी दिइयो। साथै पशुपन्छी रोगका कारण मृत्यु भएमा जीवाणु फैलिन नदिन आधुनिक प्रविधिबाट सुरक्षित रूपमा नष्ट गर्ने व्यवस्था गरिएको छ।

स्थानीय तहमा स्थापना भएका यस्ता सेवा केन्द्रले किसानको उत्पादन वृद्धि, आम्दानी सुधार तथा कृषि र पशुपालनलाई व्यवसायिक रूपमा विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

वीरगंज कलेजमा बिदाई कार्यक्रम,अनुशासन पालनामा जोड

वीरगंज । वीरगंज कलेजले १२ कक्षाको परिक्षामा सामेल हुने आफनो कलेजका बिद्यार्थीहरुको बिदाई कार्यक्रम गरेको छ ।

घृणा फैलाएको भन्दै प्रधानमन्त्री बालेन बिरुद्ध प्रहरीको साइवर ब्यूरोमा उजुरी दर्ता

काठमाडौं । पुरानो र्‍याप भिडियोमा प्रयोग भएका शब्दका माध्यमले घृणा फैलाएको भन्दै प्रधानमन्त्री बालेन शाह बिरुद्ध प्रहरीको साइवर ब्यूरोमा उजुरी दर्ता भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.