logo

छैठौं गोतामे पत्रकारिता पुरस्कार पाल्पाका मेघराज शर्मालाई

      2/13/2017 गते 00 00 मा प्रकाशित     1217   पटक पढिएको

 

वीरगंज - गोपालचन्द्र गौतम प्रतिष्ठानको आयोजनामा सोमबार छैठौं गोतामे पत्रकारिता पुरस्कार पाल्पाका अग्रज पत्रकार मेघराज शर्मालाई प्रदान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि सांसद् अनिल रुँगटाले नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाहलमा सो पुरस्कार प्रदान गरेका हुन् । आधा तोला सुनको मेडलसहित प्रमाणपत्र र माला लगाएर सांसद् रुँगटाले शर्मालाई पुरस्कृत गरेका थिए । सो अवसरमा बोल्दै प्रमुख अतिथि रुँगटाले प्रतिष्ठानलाई जीवन्त राख्न गोतामे पत्रकारिता पुरस्कारको अक्षयकोषमा आप्mनो तर्पmबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।

 

वीरगंजबाट पत्रकारिता गरेर देशभरिमा आप्mनो नाम फिंजाउन सफल गोपालचन्द्र गौतमको सम्झनामा स्थापित पुरस्कारलाई निरन्तरता दिंदै आएकोमा प्रतिष्ठानको प्रशंसा समेत गरे । प्रमुख अतिथि रुँगटाले निष्ठावान र मर्यादित पत्रकारिता गर्दै आएको गोतामेको पत्रकारितालाई अहिलेको पुस्ताले पनि अँगाल्नुपर्ने सुझाव दिए । वर्तमान राजनीतिक सन्दर्भमा बोल्दै संविधान सहमतिमा संशोधन गरेर सहमतिमा निर्वाचन गराउनुपर्ने बताए । सहमतिमा गरिएको कार्य दीर्घकालीन हुने हुँदा त्यसतर्पm सबैको पहल हुनुपर्ने उनको तर्क थियो । पुरस्कार वितरण समारोहमा पर्साका प्रजिअ केशवराज घिमिरेले वीरगंजको पत्रकारिताबाट गोपालचन्द्र गौतमले निष्ठावान, मर्यादित पत्रकारिताको शुरुआत गरेको हुँदा यसलाई स्थानीय पत्रकारहरुले अनुशरण गर्नुपर्ने बताए । मूल्यनिष्ठ पत्रकारिताबाट मात्र सबैथरिको विकास सम्भव भएको हुनाले कसैको प्रभावमा नपरेर सही सूचना प्रवाह गर्न सुझाए ।

 

वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष्ँ ओमप्रकाश शर्माले पत्रकारिता क्ष्ँेत्रको विकासको लागि आपूmले सक्दो प्रयास गर्ने बताए । केही पत्रकारहरुको दबावको कारण विगतमा आपूmले शुरु गरेको पत्रकार दुर्घटना बिमा स्थगित गरिए पनि अहिले त्यसको प्रयास गरेको खण्डमा पुनः सञ्चालन गर्ने प्रतिबद्धता जाहेर गरे । उनले पत्रकारहरुलाई विकासको कार्यमा पनि कलम चलाउन आग्रह गरे । वीरगंजको राजनीतिक पहुँच केन्द्रसम्म बलियो नभएको कारण विकासको कुरामा वीरगंज पछाडि परेको चर्चा गर्दै सञ्चार, राजनीतिक, व्यापार सबै क्षेत्रबाट केन्द्रीयस्तरको नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता खड्किएको बताए ।

 

पत्रकार महासङ्घ, पर्साका अध्यक्ष्ँ श्याम बन्जाराले नेपालमै पहिचान बनाएको तत्कालीन शासकविरुद्ध जोडदार कलम चलाउने गोतामेको स्मृतिमा पत्रकार महासङ्घले सम्झना गर्नुपर्नेमा प्रतिष्ठानले यसको बिंडो थामेकोमा प्रशंसा गरे । प्रतिष्ठानका अध्यक्ष्ँ जगदीशप्रसाद शर्माको अध्यक्ष्ँतामा भएको कार्यक्रममा पत्रकार महासङ्घ, पाल्पाका पूर्वअध्यक्ष्ँ भगवान् भण्डारीले पनि मन्तव्य गरेका थिए भने प्रहरी वरिष्ठ उपरीक्ष्ँक सूर्यप्रसाद उपाध्याय, प्रहरी उपरीक्ष्ँक गोविन्दकुमार साह, सशस्त्र प्रहरी उपरीक्षक रवीन्द्र ठाकुर, नेका, पर्साका सभापति अजय द्विवेदी, ज्येष्ठ नागरिक सङ्घका अध्यक्ष्ँ पशुपति विक्रम शाहलगायतको सहभागिता थियो ।   

 

कार्यक्रममा पत्रकार गोपालचन्द्र गौतमको बारेमा वरिष्ठ पत्रकार चन्द्रकिशोर झाले प्रकाश पारेका थिए । कार्यक्रमको सहजीकरण कुमार रुपाखेतीले गरेका थिए ।

 

 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्ययादवको निधन

कलैया। नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्य रामअयोध्या प्रसाद यादवको निधन भएको छ ।

महिलालाई अनैतिक काममा लगाई आम्दानी खादै आएका साह पक्राउ

वीरगंज । मानव बेचबिखनमा संलग्न रहेको आरोपमा प्रहरीले बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नं १२ का २९ वर्षिय पवन साहलाई पक्राउ गरेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.