वीरगंज । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली, पर्सामा प्रहरी नेतृत्व परिवर्तन हुने भएको छ।
कार्यालयका प्रमुख प्रहरी निरीक्षक समुन्नत अधिकारीलाई कार्यकाल पूरा गर्न नदिई बीचमै तानिएपछि उनको स्थानमा प्रहरी निरीक्षक विपन कार्की आउने भएका छन्।
पटेर्वा सुगौलीमा जिम्मेवारी सम्हालेका अधिकारीलाई बीचमै तानिएपछि नयाँ प्रहरी निरीक्षकका रूपमा विपन कार्कीलाई पठाउने तयारी भएको हो।
अबैध असुलीको आरोप खेप्दै आएका अधिकारी पछिल्लो पटक १ लाख रुपैया नजराना लिएको बिषयमा बिवादमा परेका थिए ।
यही बिषयमा छानविन गर्न जिल्ला प्रहरी कार्यालय पर्साले छानवीन समिति बनाएर काम गरिरहेको बेला अधिकारीको ठाउमा कार्की आउन लागेका हुन ।
अधिकारी यही बिवादमा परेका कारण नियमित कार्यकाल पूरा गर्न नपाई तानिएको स्रोतको भनाई छ । उनको स्थानमा कार्कीको आगमनसँगै इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको सुरक्षा कमाण्ड फेरिने भएको छ।
पटेर्वा सुगौलीमा लागूऔषध ओसारपसार, तस्करी तथा अन्य अवैध गतिविधि नियन्त्रण प्रहरीका लागि प्रमुख चुनौतीका रूपमा रहँदै आएको छ।
यस्तो अवस्थामा प्रहरी निरीक्षक कार्कीले कसरी सुरक्षा कमाण्ड सम्हाल्छन् भन्ने विषयलाई चासोका साथ हेरिएको छ।
तपाईको प्रतिक्रिया