logo

अन्तत घुस प्रकरणमा इन्सपेक्टर अधिकारी सहित तीन प्रहरी जिल्ला तानिए, छानबिन समिति गठन

 इसीमाना सम्बाददाता     २०८३ असोज १८ गते ०६: १५ मा प्रकाशित     101   पटक पढिएको

वीरगञ्ज । अन्तत इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा फरार अभियुक्तसँग घुस लिएको आरोप र रकम असुलीसम्बन्धी उजुरीपछि प्रहरी निरीक्षकसहित तीन जना प्रहरीलाई जिल्ला प्रहरी कार्यालय पर्सामा तानिएक छन।

 

उनीहरुलाई अनुसन्धानकालागि जिल्ला प्रहरी कार्यालयमा तानिएको पर्सा प्रहरी प्रवक्ता एवं डिएसपी चक्र मल्लले जानकारी दिए ।

 

जिल्ला प्रहरी कार्यालय पर्साले घटनाको छानबिनका लागि  डीएसपी राजु कार्कीको नेतृत्वमा चार सदस्यीय समिति गठन गरेको उनले बताए।

 


जिल्ला तानिनेमा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक समुन्नत अधिकारी, प्रहरी हवल्दार दीपक राउत र प्रहरी जवान पप्पु पण्डित छन्।

 

पंडित अधिकारीले परिचालन गरेका घुमुवा प्रहरी हुन । पर्सा प्रहरीका अनुसार फरार अभियुक्त बाबु–छोरालाई पक्राउ गरेपछि उनीहरूसँग १ लाख रुपैयाँ लिएर छाडिएको सूचना आएपछि अनुसन्धान सुरु गरिएको थियो।

 

 प्रारम्भिक अनुसन्धानमा प्रहरी निरीक्षकको समेत संलग्नता देखिएपछि तीनै जनालाई कार्यक्षेत्रबाट फिर्ता बोलाइएको हो।


घुसबापत लिएको भनिएको रकमसमेत फेला परेको पर्साका प्रहरी प्रमुख एसपी पवन भट्टराईले बताएका छन्। छानबिन समितिले घटनाको विस्तृत अनुसन्धान गरी प्रतिवेदन तयार गर्ने र त्यसका आधारमा थप विभागीय कारबाहीका लागि प्रहरी प्रधान कार्यालयमा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

 


अधिकारीका बिषयमा यो घुस प्रकरण सहितका समाचार इसीमाना.कमले प्काशन गर्दै आइरहेको थियो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.