logo

मध्य तराईकै शैक्षिक धरोहरको रुपमा हरिखेतान स्थापित  ः प्रा.डा.पोखरेल

      2/19/2017 गते 00 00 मा प्रकाशित     1503   पटक पढिएको

बीरगंज ८ फागुन ।
हरिखेतान बहुमुखी क्याम्पसको ३५ औ वार्षिकोत्सव आज एक भव्य समारोहका विच सम्पन्न भएको छ । क्यापस परिसरमा आयोजित कार्यक्रमको नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी नाष्टका भाइस चान्सलर प्रा डा. जीवाराज पोखरेलले उदघाटन गरे । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै डा.पोखरेलले सामुदायिक क्याम्पसको रुपमा स्थापित हरिखेतान बहुमुखी क्याम्पस मध्य तराईकै शैक्षिक धरोहरको रुपमा रहेको कुरामा जोड दिए । उनले हाल हरिखेतान बहुमुखी क्याम्पसले विभिन्न संकायमा पठन पाठन गरी गुणस्तरीय शिक्षा प्रदान गरेको प्रति खुशी व्यक्त गर्दै स्वरोजगारखुमी शिक्षा अहिलेको आवश्यकता भएको बताए । बार्षिकोत्सवको अवसरमा क्याम्पसका छात्र–छात्राहरुले विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरेका थिए । साथै कार्यक्रममा विभिन्न प्रतियोगितामा उत्कृष्ट हुने छात्रछात्राहरुलाई पुरस्कार तथा प्रमाण पत्र वितरण गरिएको छ । हरिखेतान बहुमुखी क्याम्पसका प्रमुख डा. भगवान प्रसाद यादवको सभापतित्वमा भएको कार्यक्रममा सांसद सुरेन्द्र चौधरी, पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे,  सदभावना पाटीका केन्द्रिय सदस्य नेजामुदिन समानी, संघीय समाजवादी फोरम पर्साका अध्यक्ष प्रदीप यादव,समाजसेवी पशुपति विक्रम शाह, उषा शाह, मधु राणा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।  सहायक क्याम्पस प्रमुख किशोरी रायले  स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सहजीकरण  विटी यादवले गर्नुभएको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्ययादवको निधन

कलैया। नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्य रामअयोध्या प्रसाद यादवको निधन भएको छ ।

महिलालाई अनैतिक काममा लगाई आम्दानी खादै आएका साह पक्राउ

वीरगंज । मानव बेचबिखनमा संलग्न रहेको आरोपमा प्रहरीले बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नं १२ का २९ वर्षिय पवन साहलाई पक्राउ गरेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.