logo

राजनीतिक परिर्वतन संस्थागत भएनःअध्यक्ष बैध

      2/18/2017 गते 00 00 मा प्रकाशित     1173   पटक पढिएको

बीरगंज ७ फाल्गुन ।
नेपाल–भारत सहयोग मञ्चका केन्द्रीय अध्यक्ष अशोक कुमार बैधले प्रजातन्त्र दिवसको दिन नेपालीहरुकालागि महत्वपूर्ण रहेको बताए । मंचले होटेल पूजनमा आयोजना गरेको कार्यक्रममा बैधले यस्तो बताएका हुन । फाल्गुन ७ गते १०४ वर्षे राणाहरुको जहाँनिया शासनको अन्त्य भई प्रजातन्त्रको स्थापना भएको दिन भएकोले पनि यसको महत्व रहेको उनको भनाई थियो । 
उनले १ सय ४ वर्षको कालो युग त्यस पछिको निर्दलीय पञ्चायती व्यवस्थाको ३० वर्षे समय अवधि र २०४६ सालको जनआन्दोलनले ल्याएको बिहानी संगै २०६२–०६३ को जनआन्दोलनबाट आएको युगान्तकारी राजनीतिक परिवर्तन संस्थागत हुन नसकेको चर्चा गरे । 

उनले मुलुकले एउटा नयाँ दिशा लिने विश्वास आम नेपालीमा रहेता पनि सङ्क्रमणकालका नाउँमा आजसम्म पनि जनताले राजनीतिक परिवर्तनको वास्तविक अनुभूति गर्न नपाएको उनको भनाई थियो ।
तराई मधेश लोकतान्त्रिक पार्टीका महासचिव तथा पूर्व सांसद जितेन्द्र सोनलले  नेपालमा श्रृखलाबद्ध भएको राजनीतिक परिवर्तनले प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्र सम्म आई पुगेको बताए ं । तर चरणबद्ध रुपमा राजनीतिक परिवर्तन भएतापनि मुलुक र जनताले खोजेको समावेशी राजनीतिक प्रणाली हालसम्म पनि स्थापित हुन न सकेको उनको तर्क थियो । 
शुभकामना मन्तव्यको क्रममा वीरगञ्ज स्थित भारतीय महावाणिज्य दुतावासका काउन्सलर विनोदकुमार लोशालीले ६७औं प्रजातन्त्रको अवसरमा सम्पूर्ण भारतवासीको तर्फबाट शुभकामना दिएका थिए । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष गोपाल केडिया सहयोग मञ्चकी वरिष्ठ उपाध्यक्ष मधुराणा सहयोग मञ्चका केन्द्रिय सदस्य मनोज उपाध्याय लगायतले बिचार ब्यक्त गरेका थिए । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्ययादवको निधन

कलैया। नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्य रामअयोध्या प्रसाद यादवको निधन भएको छ ।

महिलालाई अनैतिक काममा लगाई आम्दानी खादै आएका साह पक्राउ

वीरगंज । मानव बेचबिखनमा संलग्न रहेको आरोपमा प्रहरीले बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नं १२ का २९ वर्षिय पवन साहलाई पक्राउ गरेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.