वीरगञ्ज, ७ फागुन । बीरगंजबाट प्रशारण हुदै आएको इन्द्रेणी एफएम ९७.६ मेगाहर्जको १० औ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रेडियो परिसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ६ जना महिला सहित ४५ जनाले रक्तदान गरेको रेडियोका अध्यक्ष बिनोद रौनीयारले बताए । रक्तदान कार्यक्रमको प्राध्यापक एवम् चर्चित रेडियो श्रोता कुरबान हवारीले शुभारम्भ गरेका थिए । कार्यक्रममा अंशु कार्की, शिवम साह, स्मिता सिलवाल, सगुन परियार, रिता पंडीत शितल थापा,शिल्पी दास महेश अर्याल श्रीराम दास,रोहीत मण्डल,जलील हवारी,सन्तोष कुमार साह,रामाशिष मण्डल ,अमोद यादव,राजेश कुमार मुखिया,बिकास खवास थारु,निरन्जन कुमार पटेल ,सतेन्द्र यादव बृजलाल पासवान,दीपक कुमार साह बाबुचन प्रसाद साह नरेन्द्र अग्रवाल,पंकज रौनीयार,इम्तियाज अन्सारी,रोशन कुमार महतो,मनोहर चौधरी,लालदेव सहनी लगायतले रक्तदान गरेका थिए । रक्तदान गर्नेहरुलाई प्रमाण पत्र र रक्सौलको एम बजारद्धारा प्रायोजित टिसर्ट प्रदान गरिएको थियो । इन्द्रेणी एफ एमका अध्यक्ष बिनोद रौनियारको अध्यक्षतामा भएको कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे, सशस्त्र प्रहरी उपरिक्षक रबिन्द्र ठाकुर, नेपाल प्रहरीका डिएसपि चक्रराज जोशी,नेकपा एमालेका केन्द्रीय सदस्य प्रहलाद गिरी, प्राध्यापक डा दिपक शाक्य, मानव अधिकार संजाल पर्साका अध्यक्ष तवरेज अहमद,वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाई,लगायत नेपाल भारत मैत्री रेडियो श्रोता संघका पदाधिकारी लगायतको सहभागिता रहेको थियो । रक्तदान कार्यक्रमको रेडियोले प्रत्यक्ष प्रशारण पनि गरेको थियो ।
रक्त संचार केन्द्रको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।
तपाईको प्रतिक्रिया