logo

हेटौडमा बिरोधका बाबजुद सडक अतिक्रमण हटाइदै

      2/21/2017 गते 00 00 मा प्रकाशित     1522   पटक पढिएको

हेटौँडा, १० फागुन
जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको भवन भत्काएर शुरु भएको सडक अतिक्रमण हटाउने काम मकवानपुरमा अहिले राप्तीरोडका घरहरु भत्काउन चलिरहेको छ ।
बिभिन्न संघ संस्थाको बिरोधका बाबजुद डिभिजन सडक कार्यालय मकवानपुरले सडक अतिक्रमण हटाउने कामलाई निरन्तरता दिएको छ । सडकको वीच केन्द्रबाट दाँया बाँया  २५ मिटर भित्रको सडक फराकिलो अभियानलाई  कार्यालयले निरन्तरता दिएको हो । हेटौँडा बसोबास संरक्षण समिति, मकवानपुर उद्योग वाणिज्य संघ र विभिन्न व्यवसायीहरुको संगठनले सडक अतिक्रमण हटाउने कामको विरोध गरेपनि घरहरु भत्काइँदै छ । सरकारले गत माघ ४ गतेदेखि सडक फराकिलो अधियान सुरु गरेसंगै बिरोधको अभियान पनि शुरु भएको थियो ।  कार्यालयले  सडकको दाया बाया रहेका घरका धनीहरुलाई सास्ती दिएका भन्दै हेटौँडा बसोबास संरक्षण समितिले धेरै पटक आन्दोलन गरिसकेको छ । बिरोधमा रहेका संस्थाहरुको आव्हानमा फाल्गुन  ९ गते मकवानपुर जिल्ला बन्द समेत गरेको थियो  । 
तत्कालिन क्षेत्रीय प्रशासक विनोद केसीको सरुवा  पछि  सडक फराकिलो अभियान रोकिने आशंका धेरैले गरेका थिए । तर नयाँ क्षेत्रीय प्रशासक शम्भु कोइरालाले पनि यो अभियानलाई निरन्तरता दिएरै छाडे । गत फागुन ८ गतेबाट सडक फराकिलो अभियानले पुन निरन्तरता पाएको थियो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मोटरसाइकल दुर्घटनामा परि पोखरियाको बसन्तपुरका चमारको मृत्यु

वीरगंज ।  पथलैया–वीरगन्ज सडकखण्डमा बुधबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको पोखरिया नगरपालिका ३ बसन्तपुरका ४० वर्षीय राम चमार रहेका छन् ।

कसको सहमतीमा मासुको मूल्य १२ सय भयो ? व्यवसायीहरूले लुटतन्त्र मच्चाएको भन्दै मंचले जनायो आपत्ती

वीरगञ्ज । उपभोक्ता हित संरक्षण मञ्च नेपाल, पर्साले एक बिज्ञप्ति जारी गर्दै अस्वभाविक रुपमा बढेको मूल्यबृद्धिका कारण आम उपभोक्ताको जनजीवनमा गम्भिर असर परेको जनाएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.