वीरगञ्ज, ६ चैत :
एसईई परीक्षाको तेस्रोे दिन आइतबार अनिवार्य गणित विषयको परिक्षा सम्पन्न भएको छ । परिक्षामा पर्सामा नियमित तर्फ ६ हजार ८ सय ११ जना रहेको छ जसमध्ये ४३ जना प्राविधिक तर्फका विद्यार्थी रहेका छन् । छिटपुट घटना बाहेक परिक्षा शान्तिपूर्ण रुपमा सम्पन्न भएको जिल्ला शिक्षा कार्यालय पर्साकी परिक्षा फाटकी प्रमुख आशा गौतमले जानकारी दिइन ।
यसैगरी उता एसईईको अनिर्वाय गणित विषयको परीक्षमा बारा जिल्लामा तीनजना निरीक्षकलाई निस्कासन गरेको छ । परीक्षाको मर्यादा विपरित कामकाज गरेको भन्दै निरीक्षकहरुलाई पिपरपाति परिक्षा केन्द्रबाट निस्काशन गरिएको जिल्ला शिक्षा अधिकारी धनप्रसाद पोख्रेलले बताए ।
जिल्ला भरिमा परिक्षा शन्तिपूर्ण रुपमा सम्पन्न भएको परिक्षा फाँटका प्रमुख अशोक रौनियारले बताए । उनका अनुसार ९ हजार एक सय ५९ जना विद्यार्थी मध्ये ४ सय ४२ जना अनुपस्थित रहेका थिए ।
तपाईको प्रतिक्रिया