logo

उधोगीहरु फोरम नेपालमा प्रवेश गर्ने 

      3/17/2017 गते 00 00 मा प्रकाशित     1293   पटक पढिएको

बीरगंज ५ चैत । बीरगंजको औधोगीक क्षेत्रका चर्चित ब्यक्तिहरु संघीय समाजवादी फोरम नेपालबाट राजनीतिक क्षेत्रमा सक्रिय हुने भएका छन । सत्ताको नजिक रहेर आफनो अनुकल सबै पार्टी र नेतालाई उपयोग गर्न सक्ने उधोपतिहरु आफै राजनीतिक दलमा प्रवेश गरेर राजनीतिमा सक्रिय हुनुलाई अर्थपूर्ण रुपमा लिइएको छ । यसो त पहिला पनि उधोपतिहरुले बिभिन्न राजनीतिक दलहरुमा आफूलाई समाहित गर्दै आएका हुन । तर पछिल्लो पटक औधोगिक क्षेत्रकै केही ब्यक्तिहरुको गलत प्रवृतिका कारण उधोगीहरु आफै राजनीतिमा सक्रिय हुने निष्कर्षमा पुगेको बताइएको छ । 
चैत्र ६ गते पर्साका पोखरीयामा हुन गइरहेको समाजवादी फोरमको पार्टी प्रवेश कार्यक्रममा उधोगीहरुलाई पार्टीमा स्वागत गरिने  पार्टीका जिल्ला अध्यक्ष प्रदिप यादवले बताए  ।

जगदम्बा इन्टरप्राइजेजका निर्देशक एवम लायन्स क्लब अफ इन्टरनेशनलका संस्थापक रमेश अग्रवाल,मा दुर्गा फुड्स प्रालिका संचालक युवा व्यवसायी अंकित अग्रवाल,राजेश हार्डवेयरका संचालक कर्ण अग्रवाल,जगदम्बा ट्रेडिगंका संचालक एवम युवा उधोगी प्रतिक अग्रवाल र कलश सिमेन्ट उधोगका संचालक एमव युवा उधोगी अंसुमन अग्रवाल फोरम नेपालमा प्रवेश गर्ने घोषणा गरेका छन । यसअघि नेपाल उधोग बाणिज्य महासघका केन्द्रीय सदस्य बिजय कुमार सरावागी निर्माण ब्यवसायी हरिनारायण रौनीयार लगायतले पत्रकार सम्मेलनको आयोजना गरि पार्टीमा प्रवेश गर्ने घोषणा गरिसकेका छन ।

तराइका मधेसी र पहाडका जनजाती लगायत सबै शोषित वर्गलाइ संघीय समाजवादी फोरम नेपालले गोलबन्द गरेर नया शक्तिको रुपमा स्थापित भइरहेकोले पार्टीमा प्रवेश गरेको उधोगी रमेश अग्रवालले बताए  ।

युवा व्यवसायी अंकित अग्रवालले मधेस लगायत सम्पुर्ण पिछडा वर्गको भावना र मागलाई फोरम नेपालले प्रतिनिधित्व गर्ने भएकोले आफनो रोजाईमा फोरम परेको बताए  ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.