काठमाडौं, ८ चैत ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई नम्बर प्रदेशमा एमाले अझ प्रभावकारी रुपमा जाने बताएका छन् ।
पार्टीले सञ्चालन गरेको मेची–महाकाली राष्ट्रिय अभियानको क्रममा स्वयम्सेवक, सञ्चारकर्मी, स्वास्थ्यकर्मी, साँस्कृतिककर्मीलगायत विभिन्न क्षेत्रबाट सहयोग गर्ने व्यक्तिहरूलाई सम्मान तथा धन्यवाद ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले दुई नम्बर प्रदेशमा एमाले अझै प्रभावकारी भएर जाने घोषणा गरे ।
‘निर्वाचनको वातावरण बनाउन, एमालेविरुद्ध छरिएका भ्रमहरु चिर्न दुई नम्बरमा एमाले अझ प्रभावकारी भएर जान्छ’ उनले भने : ‘पस्न दिन्न भन्ने कुरा मान्य र स्वीकार्य हुन सक्दैन् ।’
तपाईको प्रतिक्रिया