काठमाण्डौ, १५ चैत । एमाले नेता तथा कार्यकर्ताहरुले एनसेलको सिम बहिष्कार गर्ने निर्णय गरेपछि आत्तिएको एनसेलले एक एमाले नेतामार्फत नेतृत्व तहमै चुनाव खर्च दिने र बहिष्कार नगर्न आग्रह गरेको छ ।
स्रोतका अनुसार एमालेका कार्यकर्ता, नेता, विद्यार्थी र भातृसंगठनहरुले मात्रै १० लाख एनसेलका सिम लिएको खबर छ ।
त्यो सिम बहिष्कार गरे भने एनसेललाई ठूलै धक्का लाग्ने भएकाले एनसेलका विदेशी कार्यकारीले चुनाव खर्च दिने पेसकस गरेका हुन् भनिदैछ ।
३३ अर्व सरकारलाई बुझाउनु पर्ने लाभकर नबुझाएका कारण एमाले विद्यार्थीहरुले एनसेल सिम बहिष्कार अभियान नै चलाएका छन् ।
यता लाभकर नतिरी एनसेलले सरकारलाई ठग्न खोजेपछि सरकारले दूरसञ्चार नियमावली परिवर्तन गर्ने भएको छ ।
एनसेलले राजस्व छलि गर्न खोजेपछि सरकारले दूरसञ्चार कम्पनी एक आपसमा गाभिँदा पुँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था नियमावलीमै राख्ने तयारी गरेको हो ।
एनसेलको सेयर बिक्रीका क्रममा पुँजीगत लाभकर छली भएपछि दूरसञ्चार कम्पनी गाभ्न सरकारले बनाइरहेको निमयावलीमा स्पष्ट रूपले लाभकरको प्रावधान राख्न लागिएको अधिकारीहरुले बताए ।
तपाईको प्रतिक्रिया